कतार एनआरएनएको महिला उपाध्यक्षमा सरिता भण्डारीको उम्मेवारी घोषणा

सुनौलो नेपाल – गैरआवासीय नेपाली संघ कतारको महिला उपाध्यक्षमा सरिता भण्डारी पौडेलले उम्मेद्वारी दिएकि छन् ।

सुरक्षित श्रमिक र मर्यादित वैदेशिक रोजगारी श्रमिक महिला दिदिबैनीहरुलाई सिप तथा तालिम, महिला हिंसा न्युनिकरण, महिला सशक्तिकरणका लागि नेपाली राजदुतावास र सामाजिक संघ संस्थाहरु संग समन्वय र सहकार्य गर्ने प्रतिबद्दता सहित उनले महिला उपाध्यक्षमा उम्मेद्वारी दिएकि हुन्।

बिगत १३ बर्ष देखि कतारमा नर्सिङ्ग पेशामा कार्यरत भण्डारीले एनसिसि कतारको २०१९-०२१ कार्यकालका लागि आफ्नो उम्मेद्वारी घोषणा गरेकी हुन ।

श्रमिकहरुको हितको लागि श्रमिक कोषलाई प्रभावकारी बनाउने उदेश्य राखेकी छन्, त्यसै गरि श्रमिक वर्गको हितको लागि स्वास्थ्य सम्बन्धी तालिम तथा गोस्टीको आयोजना गर्दै सचेतना जगाउने बताएकी छन् ।

सरिता भण्डारी कतारबाट समाजसेवामा सक्रिय महिला हुन । उनी कतारमा बिभिन्न संघ सस्थामा आवद्ध भै काम गरीरहेकी छन् मितेरी समाज कतारको सल्लाहकार, महिला समाज कतारको सदस्य, स्यांग्जा सहयोग समाजको सदस्य र मानब सेवा आश्रम कतारको सदस्य पनि हुन |

त्यस्तै समाज सेवामा सक्रिय सरिताले हालै मात्र मानबसेवा आश्रम नेपालमा रहेका अनाथ बालबालिका बाट १ जना बालिकालाई १० वर्षको लागि अबिभाबकत्व ग्रहण गर्दै उसको लालन पालन देखी शिक्षा स्वास्थ्यको प्रवन्ध गर्ने समेत प्रतिवद्धता जाहेर गरेकी छन् |

शनि, साउन १८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस