निजी सम्पतीलाई राष्ट्रियकरण नगरी समाजबाद आउदैन

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सचिवालय सदस्य बामदेव गौतमले कृषि भुमीलाई चलन चल्तीको मूल्य दिएर राष्ट्रियकरण गर्न सरकार समक्ष माग गरेका छन्।

जीवराज आश्रित दिवसको अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा नेता गौतमले भने समाजबादको गन्तव्यमा पुग्न हाम्रो देशको सबैभन्दा ठुलो उत्पादनको मुख्य ठाउ कृषि हो त्यहाँ हाम्रा दुई करोड श्रमजीवी छन्।

त्यो कृषि उत्पादनको भुमी राज्यको मातहतमा नल्याउदासम्म समाजबाद समाजबाद भने पनि केहि हुनेवाला छैन त्यसैले त्यो सबैभन्दा पहिला राज्य वा समाजको मातहातमा ल्याउनुपर्यो त्यहाँ जग्गा जमिन नभएका कृषक छन् उनीहरुको जमिन छैन उनलाई काम गर्ने ठाउ चाहिएको छ।

हामीसंग दुई सय खर्बको पुजी निष्क्रिय छ त्यो जनताको रगत पसिनाको जमिन हो त्यो राज्यको बनाउ समाजको बनाउ त्यो समुहलाई उत्पादनको लागी देउ त्यसपछि हामी सम्बृद्धको यात्रा सुरु हुन्छ त्यसैले कृषि क्षेत्रमा भएको निष्क्रिय पुजीलाई सक्रिय बनाउ उनले भने।

फरक प्रसंगमा बोल्दै नेता गौतमले ‘देशमा आज केही पनि भएको छैन भन्ने नठान्नुस्’, उनले आग्रह गरे, ‘हामीले राजतन्त्र समाप्त गर्‍यौं। त्यसको ठाउँमा संघीय लोकतान्त्रिक गणतन्त्र ल्याएका छौं। कतिपयलाई संघीयता चित्त बुझेको छैन। मलाई पनि अलिअलि चित्त बुझेको छैन।

हेर्नुहोस सो कार्यक्रममा गौतमले गरेको सम्बोधनको पुरा भिडियो

आइत, साउन १९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस