पूर्वराजाको सन्देश संग्रह हिमानी शाहद्वारा सार्वजनिक, के छ सन्देशमा हेर्नुहोस(भिडियो सहित)

पूर्वयुवराज्ञी हिमानी शाहले बाढी पहिरोसहित प्राकृतिक विपत्तिमा परेकाहरुलाई सहयोग गर्न दैवी प्रकोप उद्धार कोष स्थापना गरेको जनाएकी छिन्।
आइतबार पत्रकार सम्मेलन गरी कोषबाट औरहीका अग्निपीडित, खराका बाढीपीडित तथा कैलाली र सुर्खेतका पीडितहरुलाई सहयोग गर्ने उनले बताइन्।
पूर्व राजपरिवार सदस्य हिमानीले आफ्ना सामाजिक काम हिमानी ट्रस्टमार्फत् सञ्चालन गर्दै आएकी छिन्। यसअघि २०७२ को भूकम्पका पीडितहरुलाई पनि ट्रस्टले राहत वितरण गरेको थियो।

पत्रकार सम्मेलनमा उनले पूर्व राजा ज्ञानेन्द्र शाहका सन्देशहरुको संग्रह पुस्तक समेत सार्वजनिक गरिन्। सो पुस्तकबाट आउने रोयल्टी उद्धार कोषमा जम्मा हुने जानकारी पत्रकार सम्मेलनमा दिइयो।पुस्तकमा ज्ञानेन्द्र शाह श्री ५ महाराजाधिराज हुँदाका समयका सन्देशहरु छन्।
पूर्वराजाले यो पुस्तक ५०० प्रति ट्रस्टलाई उपलब्ध गराएका हुन्। दैवी प्रकोप उद्धार कोषमा ट्रस्टलाई सहयोग गर्न उनले सबैमा आग्रह गरेकी छिन्।

पुस्तकको मूल्य पांचहजार पांच सय राखिएको छ ।ट्रष्टको संरक्षकमा पूर्व राजा ज्ञानेन्द्र शाह रहेका छन् ।

आइत, साउन १९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस