पीएसजीका स्टार एमबाप्पेले अर्का स्टार नेयमारलाई धकेलेर बाहिर पठाएपछि…

एजेन्सी पेरिस सेन्ट जर्मेन पीएसजीका स्टार ब्राजिलियन फुटबलर नेयमारलाई आफ्नै सहर्कमीले किलियन एमबाप्पेले धकेलेको भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ। शनिबार भएको फ्रेन्च सुपर कपको खेलमा पीएसजीले रेन्नेसलाई पराजित गर्दै सिजनको पहिलो उपाधि जित्यो। उपाधि जितेपछि ट्रफीसँग रहेर टोलीले फोटो खिच्ने क्रममा एमबाप्पेले नेयमारलाई धकेल्दै टोली बाहिर पठाएका हुन्।

फ्रेन्च सुपर कपको खेलमा नेयमार सहभागि थिएन तर ट्रफी र पदक वितरण समारोहमा भने उनी उपस्थित थिएका थिए। भिडियोमा इटालियन मिडफिल्डर मार्को भेराट्टीले ट्रफी उचाल्ने समयमा नेयमारलाई तान्दै टोलीसँगै रहन आग्रह गरेको देखिन्छ।

यसक्रममा एमबाप्पेले पनि नेयमारलाई आफूतर्फ बोलाएका थिए। तर खुसीयाली मनाउने क्रममा नेयमार र एमबाप्पेबीच केहि मनमुटाव बढेपछि एमबाप्पले नेयमारलाई धकेल्दै टोली बाहिर पठाए।

आइत, साउन १९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस