समितिको बैठकमा मन्त्री योगेश भट्टराई र माधव नेपाल बने भाबुक (भिडियो सहित)

१९ साउन, काठमाडौं । भर्खरै मात्र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनेका योगेश भटराईलाई अन्तर्राष्ट्रिय सम्बन्ध समितिले एक्कासी समितिको बैठकमा उपस्थित हुन् निम्तो दियो।

केहि दिन अगाडी मात्र मन्त्रीको जिम्मेवारी सम्हालेका मन्त्री भटराईलाई मन्त्रालयको बारेमा पुरै जानकारी समेत भैसकेको छैन तर मिनी संसदको रुपमा स्थापित् समितिले बोलाएपछि उनले नकार्न सकेनन र पुगे समितिको बैठकमा।

समितिमा सांसदहरुले उनलाई धमाधम बधाइ दिइसकेपछि बोल्ने पालो मन्त्री भटराईकै आयो जब बोल्न खोजे तब उनको गला अवरुद्ध भयो ।

२०४३ सालमा आफू गम्भीर विरामी भएर ६० दिन त्रिवि शिक्षण अस्पतालमा बसेको स्मरण गर्दा भट्टराई भावुक बनेका थिए । त्यसबेला डाक्टरले नै माया मारिसकेको तर, आफू निको फर्कन सफल भएको उनले बताए । अस्पतालमा रहँदा पुर्वप्रधानमन्त्री नेपाल आएर सुम्सुम्याएको बताउँदा उनको गला अवरुद्ध भयो ।

छेउमै बसेका पुर्व प्रधानमन्त्री माधव कुमार नेपाल त केहि बेर सम्म धरधरी नै रोए माहोल भाबुक बन्यो।

हेर्नुहोस सो बैठकको पुरा भिडियो

सोम, साउन २०, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस