यति धेरै घाटा व्यहोर्दै रोनाल्डोले बेचे साथि पेपेलाई घर

फुटबलका स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोले पोर्चुगलमा रहेको घर आफ्ना मिल्ने साथी पेपेलाई बेचेका छन् । पेपे र रोनाल्डोले पोर्चुगलको राष्ट्रिय टिमबाट सँगै खेल्दै आएका छन्। रोनाल्डोले पोर्चुगलको गेरेसमा रहेको घर ३५ लाख पाउण्डमा बेचेका हुन्। रोनाल्डो र पेपेबिच घर सम्बन्धी विषयमा युइएफए नेशन्स लिग अन्तर्गत पोर्चुगलका लागि खेल्ने क्रममा सहमति भएको बताइएको छ । पेपे र रोनाल्डो मिल्ने साथी हुन्।

क्रिस्टियानो रोनाल्डो पोर्चुगलको राष्ट्रिय फुटबल टिम तथा युभेन्टसका अग्रपङ्क्तिका फुटबल खेलाडी हुन्। उनी पोर्चुगल राष्ट्रिय फुटबल टिमका कप्तान पनि हुन्। उनले सन २००८ मा पहिलो पटक फिफा बेलोन डी ओर र फिफा विश्व वर्ष खेलाडीको उपाधि जित्न सफल भए। उनले चार पटक बेलन डि’ओर जितिसकेका छन्।

उनी युरोपको उत्कृष्ट ५ लिग युइएफए च्याम्पियन्स लिग र युइएफए युरोका सर्बाधिक गोलकर्ता हुन भने युइएफए च्याम्पियन्स लिगको एक सिजनमा सर्बाधिक गोल गरेको किर्तीमान पनि उनकै नाममा छ। उनी चारपटक युरोपियन गोल्डेन शू जित्ने पहिलो खेलाडी हुन्। सन २०१५ मा आफ्नो खेल जीवनको ५०० औँ गोल गरेका उनले क्लब र राष्ट्रिय टोलीबाट हालसम्म ६०० भन्दा धेरै गोल गरिसकेका छन।

मङ्ल, साउन २१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस