ओमानमा अब यी देशसंग टी-२० क्रिकेट सिरिज खेल्दै छ नेपाल

साउन २१ काठमाडौं नेपालले ओमान क्रिकेट संघको आयोजनामा हुने टी-२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिज खेल्ने लगभग पक्का जस्तै भएको छ। ओमानले टी-२० विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै पाँच देशको सहभागितामा यहि अक्टोबरमा टी-२० अन्तर्राष्ट्रिय सिरिज आयोजना गर्दैछ ।

यो सिरिजमा नेपालले पनि भाग लिन लागेको नेपाली क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीले जानकारी दिए । विश्वकपको ग्लोबल छनोटमा पुग्ने टिमलाई समेटेर सिरिज आयोजना गर्ने ओमानको योजना थियो ।

तर नेपाल भने विश्वकपको ग्लोबल छनोटमा पुग्न असफल बन्यो। नेपाललाई पनि सहभागिता गराउन प्रयास गरिरहेको म्यानेजर शिवाकोटीले बताए । उनले भने अहिले नै टुंगो भने लागिसकेको छैन। तर यहि साताभित्र खेल्ने नखेल्ने भन्ने टुंगो लाग्छ। हामी पहल गरिहेका छौं। खेल्ने सम्भावना धेरै छ।सिरिजमा आयोजक ओमानसँगै आयरल्यान्ड नेदरल्यान्ड र हङकङ छन् । त्यस्तै नेपालले पनि खेल्ने टुंगो लागेमा पाँच राष्ट्र हुनेछन् ।

नेपालले खेल्ने नखेल्ने विषयको टुंगो भने अन्तर्राष्ट्रिय क्रिकेट परिषद्आईसीसी ले लगाउने छ । नेपाल क्रिकेट संघ (क्यान) निलम्बन परेपछि आईसीसीले नेपाली क्रिकेट हेर्दै आएको छ ।

मङ्ल, साउन २१, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस