सिंगापुरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यको ७ सय डलर बाटैमा लुटिएको त्यो क्षण…

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि सिङ्गापुरमा छन् ।शनिबार साँझ प्रधानमन्त्री ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल र निजी चिकित्सक डा. दिब्या सिंह सिंगापुर गएका प्रधानमन्त्री सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण स्वास्थ्य परिक्षणमा व्यस्त छन् । तर यति बेला ४ बर्ष अघि प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यको ७ सय डलर लुटिएको रोचक प्रसङ्गको स्मरण भएको छ ।

उपकरण उही प्रविधि उही। तर, प्रधानमन्त्री केपी ओलीले यसचोटी आफ्नो स्वास्थ्य परीक्षणका निम्ति बैँकक होइन, सिंगापुर रोजे।गत वर्ष ९ भदौमा बैंकक पुगेका ओली यसपटक अन्तै मोडिएका हुन्।बैंकक जस्तो देशका प्रधानमन्त्रीको हेरचाह गर्नलाई सिंगापुरमा नेपाली दूतावास छैन। परिवत्र्य मुद्राका दृष्टिले पनि त्यो महंगो ठाउँ हो।त्यसो गर्नुको विभिन्न कारणमध्ये एउटा हुनसक्छ, बैंकक बस्ने केही नेपालीले भिआइपीको नाम भजाइ ठगी धन्दा चलाउनु।चार वर्षअघि उपचारका क्रममा प्रधानमन्त्रीपत्नी राधिका शाख्यको सात सय डलर बाटैमा लुटिएको थियो।

व्यस्त बैँककको सुखम्भित १ मा बुमराङग्राड अस्पताल, ७३ मा नेपाली दूतावास अनि प्रतुना भन्ने ठाउँबाट सुरज शाक्य भन्नेले श्रीमतीमार्फत अस्पतालमा दिनहुँ खाना पुर्याउन पठाउने।एकदिन उनैले बोलाएको ठाउँमा खाना खान जाने क्रममा लुटपाटको घटना भएको हो। यो खबर आजको जनआस्था साप्ताहिकले छापेको छ।पाटन घर भएका सुरजले ललित मण्डप नामक ट्राभल एजेन्सी चलाएका थिए।

यसपाली प्रधानमन्त्री केपी ओलीको आइतबारदेखि नै स्वास्थ्य परीक्षण शुरु हुनेछ र एक हप्तासम्म अस्पतालमै रहनेछन् ।१२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन् ।प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर आगामी शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

बुध, साउन २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस