जिम्बाबेले बिश्वकप क्रिकेट खेल्न नपाउने भएपछि कुन राष्ट्रलाई फाईदा, हेर्नुस यस्तो देखियो सम्भावना

साउन २२ काठमाडौं सरकारी हस्तक्षेपका कारण आईसीसीको प्रतिबन्ध भोगेको जिम्बाबे क्रिकेट टिमलाई अर्को ठुलो झट्का लागेको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषदले मंगलबार जिम्बाबेको पुरुष र महिला दुवै टिमलाई टि-२० विश्वकप छनौटमा समेत सहभागी हुन नदिने भएको हो।

जिम्बाबेको सट्टा नाइजेरियाले टि-२० विश्वकप छनौट २०१९ मा सहभागिता जनाउने आईसीसीले बताएको छ। नाइजेरिया २०२० अन्डर-१९ विश्वकपमा समेत छनौट भइसकेको छ।

आगामी महिना स्कटल्याण्डमा आयोजना हुने महिला टि-२० विश्वकप छनौटमा जिम्बाबेको सट्टा नामिबियालाई मौका दिईएको छ। ११ अक्टोबर देखि युएईमा आयोजना हुने टि-२० विश्वकप छनौट प्रतियोगितामा आयोजक युएई हंगकंग आयरल्याण्ड जर्सी केन्या नामिबिया नेदरल्याण्ड ओमान पपुवा न्यु गिनी स्कटल्याण्ड, सिंगापुर नाइजेरिया र यो महिना अन्त्यमा अमेरिकाज फाइनलबाट आउने अन्य २ गरि १४ टोलि सहभागी हुनेछन्।

यस्तै महिला टि-२० विश्वकप छनौटमा स्कटल्याण्ड बंगलादेश आयरल्याण्ड नेदरल्याण्ड पपुवा न्यु गिनी थाईल्याण्ड र अमेरिका र नामिबियाले प्रतिस्पर्धा गर्ने भएका छन्।

यता नेपालको विश्वकप खेल्ने सपना भने लगभग सकिएको छ। नेपालले एसिया क्वालिफायरमा जम्मा चार वटा खेल खेल्नुपर्ने थियो। ओडिआइ वरियता प्राप्त नेपाल यो समूहमा सबैभन्दा राम्रो टिम थियो। त्यसमध्ये पहिलो खेल कतारसँग चार विकेटले हार्न पुग्यो। बाँकी दुई खेलमा भने मलेसिया र कुवेतविरुद्ध जित हासिल गर्‍यो। अङ्क तालिकामा सिंगापुर ५ अङ्कसहित शीर्ष स्थानमा र नेपाल ४ अङ्कसहित दोस्रो स्थानमा थियो।

विश्वकप क्रिकेटको संरचना फुटबलको जस्तो हैन। यसमा आइसिसीले कहिले के नियम लगाइदिन्छ कहिले के। एसिया क्वालिफायरमा पनि सुरुमा दुई वटा टिम छनौट हुने भन्ने थियो। तर पछि ग्लोबल क्वालिफायर प्रतियोगिताको होस्ट भएको नाताले युएई स्वतः छनौट हुने घोषणा गरिदियो। जसका कारण एसिया क्वालिफायरबाट जम्मा एक टिम मात्र ग्लोबल क्वालिफायरमा जाने भयो। त्यही एक स्थानका लागि एक दिवसीय अन्तर्राष्ट्रिय मान्यता प्राप्त नेपाल भिड्दै थियो।

तर महत्त्वपूर्ण खेलमा नेपालको प्रदर्शन निराशाजनक रह्यो। टस जितेर सिङ्गापुरले आफ्नै ग्राउन्डमा पहिले ब्याटिङ गर्ने निर्णय गर्‍यो। ओपनर रोहनले नै ४९ रन ठोके। डेभिडले ७७ र मनप्रीत सिंहले ४२ रन बनाएपछि १९२ रनको विशाल लक्ष्य नेपालले पायो।

सन्दीप लामिछानेको जादू यो खेलमा पनि चल्न सकेन। ३ ओभर बलिङ गर्दा ३ छक्का र २ चौकासहित ३४ रनको चुटाइ भेटेका उनले एक विकेट पनि लिन सकेनन्। स्पिनरले चुटाइ खाइरहेको बेला शरद भेषावकरलाई बलिङ गर्न लगाएको पनि समर्थकले देखे। शरदले एक छक्का र एक चौकासहित ३ ओभरमा २५ रन दिए बिना कुनै विकेट।

नेपालको ब्याटिङ पनि निराशाजनक रह्यो। मात्र २७ रन बनाउँदा कप्तान पारस र ज्ञानेन्द्रको जोडी टुट्यो। पारस १२ मा फर्किए, ज्ञानेन्द्र ३९ मा। ऐरीले २३ रन बनाए पछि सोमपालले बाहेक अरु कसैले दोहोरो अङ्कमा पनि रन बनाउन सकेनन्। करण, सन्दीप र अविनाश त ० मा आउट भए। ५ ओभरको खेल बाँकी छँदै नेपाल १०९ रनमा अल आउट हुन पुग्यो।

बुध, साउन २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस