भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

सुनौलो नेपाल – जापानलाई कर्मभूमि बनाई बसिरहेका बाग्लुङ्ग बलेवाका जापान बासी बलेवाली तथा जैमिनि का साथी भाई हरू ले २०१९ ऑगस्ट ५ तारिक सोमवारका दिन टोकियोको आशागयामा अवस्थित शिव डाइनिंग रेस्टूरेंटको हल मा भेंटघाट कार्यक्रम सम्पन्न गर्यो।

नेपाल बाट जापान भ्रमणमा आऊनु भएका ने.का नि वर्तमान सभापति एवम् संबिधानसभा सदस्य माननिय प्रकाश शर्मा पौडेल र जैमिनि न.पा.प्रमुख इन्द्र राज पौडेललाई भेटघाट कार्यक्रममा आमन्त्रण गरी सम्मान गरिएको थियो । जापान जस्तो ब्यस्त समय का बाबजुद पनि छोटो समय मा यो भेंट हुने अवसर मिल्दा हामी जैमिनि साथै बलेवाका सम्पूर्ण साथीहरू अति खुसि भयौ भ्रमणमा देखेका कुराहरू नेपालमा प्रयोग गर्न कुश्मीका रामु चपाईले जानकारी गराउनु भयो ।

छोटो मन्तब्य राखदै जापान बाट सिकेका कुरा हरू आफ़नो ज़िल्ला क्षेत्र गाऊँ स्तर सम्म पुरयाउन र दीगो बिकास गर्न सल्लाह सूझाब सहित राज पौडेल ले बोल्नु भएको थियो । जापान बासी बलेवाली हरू को एकता सदभाब र भाईचारा हामी बीच मा सदा रहिरहोस भंने मनसाय का साथ समय समय मा विभिन्न कार्यक्रम गर्दै आएको बलेवाली हरू को छाता संगठन बलेवा सेवा समाज जापान का भूतपूर्व अध्यक्ष एबम संरक्षक महेन्द्र पि सी ले बताऊनु भयो ।

भ्रमण मा आऊनु भएका जैमिनि न पा प्रमुख इन्द्र राज पौडेल ले बलेवाली तथा जैमिनिका सम्पूर्ण उपस्थित रहनु भएका हरू लाई हार्दिक धन्यवाद दिदै हामी जापान भ्रमण देखन हेर्न सवै कुराहरू को अवलोकन गर्न आएको र जापान जस्तो नेपाल हुन लाई सवै मेनपावर दक्ष जनशक्ति भौगोलिक क्षेत्र सवै भयमा एकै पटक न भएर चरण बद्ध रूप मा सवै एकभइ लाग्नु पर्ने कुरा राकनु भएको थियो ।

नेका निवर्तमान सभापति तथा संविधान सभा सदस्य माननिय प्रकाश शर्मा पौडेल ले आर्थिक समवृद्धि सदभाव सहकार्य गरी अघि बढनु पर्ने र दीगो आर्थिक बिकाश गर्न सकिने कुरा राखदै उपस्थित सम्पूर्ण बलेवाली तथा जैमिनि का साथी भाई दीदी बैनि हरू लाई ब्यस्थ समय लाई पनि मिलाएर भेटने मौका मिलाऊनु भयो हामी अति खुसि भयौ भन्दै भनाई हरू राखी बिदा हुनु भयो अन्तमा छोटो औपचारिक भेंटघाट कार्यकर्म उपस्थित सम्पूर्ण बलेवाली तथा जैमिनि का दाजुभाई दिदिबहिनी हरू लाई हार्दिक धन्यबाद दिदै समापन भएको थियो सो कार्यक्रम जनसम्पर्क समिति जापान का केन्द्रित सदस्य राजन गिरी को अध्यक्षता मा र संचालन टिकाराम रिजाल (बिमल) बाट सम्पन्न भएको थियो ।

बुध, साउन २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस