अध्यागमन अधिकृत अख्तियारको फन्दामा

साउन २२ काठमाडौं मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अध्यागमन अधिकृत कमलप्रसाद पराजुलीलाई पक्राउ गरेको छ। सेटिङ मिलाई नेपालीलाई भिजिट भिषामा पठाउने कार्यमा संलग्न रहँदै आएको अभियोगमा उनलाई पक्राउ गरिएको हो ।

भिजिट भिषामा विदेश जाने नेपालीलाई बिचौलियासँग मिलेर अध्यागमन अनुमति दिने र त्यसको अभिलेख समेत नस्ट गर्ने कार्यमा संलग्नता देखिएपछि नियन्त्रणमा लिइएको बताइएको छ।

अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार कानुनी प्रक्रिया छली गरी ठूलै आर्थिक चलखेल गरेको र प्रारम्भिक अनुसन्धानले उजुरीमा लगाइएका आरोप पुष्टि भएको छ। पछिल्लो समय विमानस्थल सेटिङ मिलाउँदा कानुनी प्रक्रिया नपुगे पनि सहजै यात्रा अनुमति पाइने तर बिना सेटिङ यात्रामा निस्कने सर्वसाधारणलाई भने नियतबस दुःख दिने गुनासा बढ्दै गएका छन्।

यसअघि अख्तियारले विमानस्थल अध्यागमनमा रहेर अकुत सम्पत्ति कमाउने अधिकृत रमाकान्त अर्याललाई पक्राउ गरी विशेष अदालतमा मुद्दा दायर गरेको छ।

बुध, साउन २२, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस