ठग कर्मचारीलाई घोक्रेठ्याक लगाउदै योगेश भटराई, दिए यस्तो ठाडो चेतावनी (भिडियो सहित)

सुनौलो नेपाल- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अब ठग कर्मचारीलाई घोक्रेठ्याक लगाउने संकेत गरेका छन्।

बुधबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले भने मन्त्रालयले सेवा सुविधा बुझेर फिल्डमा नगएका लियाजो अधिकृतमाथि कारबाही प्रक्रिया अगाडी बढाउने बताए।

बिरामी भएर हो भने मेडिकलले प्रमाणित गर्न पर्यो हैन भने लियाजोको रुपमा खटिएका तर फिल्डमा नपुगी बाटोबाटै फर्किएकाहरुले चिकित्सकीय रुपमा अस्वस्थताको प्रमाण देखाउन नसके कारबाही हुन्छ ।

गलत प्रतिवेदन बुझाएर सेवा सुविधा बुझ्नेहरुलाई अर्को पटकदेखि लियाजो अधिकृत हुन नदिने गरी फाइल उठाएर ल्याउन भनेको छु त्यसलाई सदर गर्छु उनले भने।

साथै निजगढ बिमानस्थलको बारेमा बोल्दै मन्त्री भटराईले निजगढमा प्रस्तावित अन्तर्रा्ष्ट्रिय विमानस्थल निर्माणको शिलान्यास यसै वर्ष गर्ने तयारी भएको जानकारी दिए ।

सन् २०१९ भित्रै कम्तीमा शिलान्यास गरिसक्ने उनले बताए । सन् १९८५ देखि नै निजगढमा विमानस्थल निर्माण गर्ने चर्चा चले पनि काम हुन नसकेकाले अब भने यसको विकल्प नखोजिने उनको भनाइ थियो ।

“फास्ट ट्र्याक बनेपछि एक घन्टामै पुग्न सकिने भएकाले निजगढ एक किसिमले त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल नै हो,” उनले भने, “हामी निजगढको विकल्प खोज्दैनौँ । निजगढ भनेको काठमाडौँ बिमानस्थल नै हो अब फास्ट ट्याक बनेपछि काठमाडौँ बाट एक घन्टामा पुगिन्छ त्यसैले त्यो काठमाडौँ विमानस्थल नै हो।

साथै नेपाल एयरलाइन्सलाई सुधार गर्ने र युरोपका आकाशमा नेपाली झन्डा वाला जहाज छिट्टै जाने उनले बताए।

हेर्नुहोस सो कार्यक्रममा मन्त्री भटराईले गरेको सम्बोधन

बिहि, साउन २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस