फेरी बल्झियो गायक रामकृष्ण ढकालमाथि सहकारीको ५ करोड झमेला

२३ साउन, काठमाडौं । सांगेतिक क्षेत्रमा निकै चर्चा कमाउन सफल गायक रामकृष्ण ढकाल लाइ र उनकी पत्नी निलम शाहले करिब ५ करोड ऋण नतिरेको भन्दै ललितपुरस्थित श्रीलालीगुराँस सहकारीले एक दैनिक पत्रिकमा सार्वजनिक सूचना निकालेको छ । सूचनामा ‘ऋण तिर्न आउनू’ भन्नेखालको सन्देशचाहिँ छैन बरु ढकालले सहकारीविरुद्ध मिडियावाजी गरेको र अपरिचित व्यक्तिहरुमार्फत धम्क्याएको आरोप लगाइएको छ । ढकालले चाहिँ ४ वर्षअघि नै ऋण सल्टाइसकेको र अहिले पत्रिकामा सूचना निकालेर आफ्नो मानहानी गर्न खोजिएको बताएका छन् ।

ढकालकी श्रीमती निलमले ९ वर्षअघि उक्त सहकारी संस्थाबाट एक करोड ८० लाख रुपैयाँ ऋण लिएकी थिइन् । उक्त ऋणको साँवा–ब्याज तिर्न नसकेपछि ०७० सालमा सहकारीले धितोमा राखिएको घर एक करोड ५० लाख मूल्यमा लिलाम गरेको थियो । तर, लिलामीको मूल्यले पनि ऋण असुलउपर नभएको सहकारीको भनाइ रहेको छ।

 

 

बिहि, साउन २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस