कश्मिरबाट भारतीय सेनाले पक्राउ गर्यो ५०० जना !

भारत प्रशासित कास्मिरमा ५०० भन्दा बढि पक्राउ परेका छन्। मोदी सरकारले धारा ३७० को खारेज गरेपछि भारत प्रशासित कस्मिरमा सेनाहरु परिचालन गरिएको थियो।

त्यही क्रममा हिंसा रोक्न सेनाले ५०० भन्दा बढीलाई पक्राउ गरेको एजेन्सीले जनाएको छ। त्यस्तै एक विपक्षी कार्यकर्ताले भारतको सर्वोच्च अदालतमा भारत प्रशासित कस्मिरमा सञ्चार माध्ययममा लगाइएको प्रतिबन्ध र सुरक्षा परिचालन गरेको विरोधमा मुद्दा हालेका छन्।

त्यहाँका नागरिक र नेताहरुलाई समेत चार दिन देखि घरमै थुनिएको छ। भारतका राष्ट्रिय सुरक्षा सल्लाहाकार अजित दोभाल बुधबार कानुन व्यवथालाई कार्यन्वयन गर्न कस्मिर पुगेका थिए।
मुस्लीम समाजको बहुमत भएको ठाउँ कस्मिर भारत र पाकिस्तान दुबै राष्ट्रले आफ्नो मान्दै आएका छन्। जुन दशकौँ देखि नै विवादमा रहेको छ ।

बिहि, साउन २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस