म बाच्न चाहन्छु, जन्मिन नपाउदै जीवनको भिख माग्दै यी बालिका हेर्ह्नुहोस कारुणिक भिडियो सहित

सुनौलो नेपाल – नमस्कार सबैलाई म बाच्न चाहन्छु सबैले मलाई सहयोग गर्नुस म पछि ठुलो भएर डक्टर बन्न चाहन्छु। यो भर्खरै यो संसार बुझ्न खोज्दै गरेकी पाँच वर्षीया मियुङ्ग पुन मगरको तोते बोलीमा बोलिएको आवाज हो।

जीवनमा पिडा पनि कस्ता कस्ता आइलाग्छन यस्तै दुखद पिडा आएको छ पाँच वर्षीया मियुङ्ग पुन मगरलाई बोनम्यारोमा संक्रमण भएर उपचाररत उनले सहयोगको अपिल गर्दै बोलेका शब्द हुन् ।

पाँच वर्षमै बालिकालाई बोनम्यारो जस्तो घातक रोग लागेपछि मगरको परिवार र आफन्तले सहयोगको अपिल गरेका हुन् । मियुङ्ग पुन मगर बचाऔं अभियानले सहयोगी मनहरुका लागि ग्लोबल आई एम ई बैकको खाता नं. ०७०७०१०००८४१७ मा रकम जम्मा गरिदिन आग्रह गरेको छ ।

भूपेन्द्र बुढा, उषा पुन र सबिन पुलामी मगरको नाममा रहेको संयुक्त खाता पारदर्शी गरिएको जानकारी गराइयो । सहयोगका लागि मियङ्ग पुनकी आमा उषा पुनको सम्पर्क नम्बर ९८६६-३०८४३८ मा सम्पर्क गर्न सकिने जानकारी दिइयो ।

रोल्पा जिल्ला थवाङ गाउँपालिका वडा नं. ५ जीवन पुन र उषा पुन मगरकी पाँच वर्षीया छोरी मियुङ्ग पुन मगर लामो समय देखि बोनम्यारो रागबाट पिडित छिन् । कार्यक्रममा उपस्थित भएकी मियुङ्ग पुन मगरले आफू बाँच्न चाहेको बताइन् । पाँच वर्षीया बालिकाले भनिन्, ‘मलाई बचाइदिनुहोस्,म बाचेर डाक्टर बनी देश र समाजको लागि काम गर्छु ।’

हेर्नुहोस उनको यो कारुणिक आवाज

बिहि, साउन २३, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस