गायक अर्जुन पौडेलको गीत बबालले बबाल गर्दै !

साउन २४ काठमाडौं गायक अर्जुन पौडेलको स्वरमा सजिएको गीत बबाल पछिल्लो समय दर्शक स्रोताहरुले निकै रुचाईरहेका छन्। हाल बेलायत निवासी साहित्यकार जानु काम्वाङ्ग लिम्बुको शब्द मीन विष्टको संगीत र कुमार थापाको एरेन्ज रहेको सो गीतमा गायक पौडेललाई लोकप्रिय गायिका मीना निरौलाले साथ दिएकी छिन्।

एलिसा राई र भिमफेदी गाईजलाई फिचरिङ् गरिएको उक्त गीतको भिडियो २ महिना अगाडि गायक पौडेलकै अफिसियल च्यानलमार्फत रिलिज गरिएको थियो। भिडियोको निर्देशन सोनम पाख्रीनले गरेका छन्। गायक पौडेलले बताएअनुसार ३ लाख ४० हजार भन्दा बढीले उक्त गीतको भिडियो हालसम्म हेरिसकेका छन्। हाल ओमनका कार्यरत गायक पौडेलले दर्शक स्रोताको अत्याधिक माया र हौसलाले गर्दा नेपाली सांगीतिक क्षेत्रमा लागिरहन अझ धेरै आफुलाई प्रेरणा मिलेको बताए।

साथै गायक पौडेलकै शब्द संगीतमा नेपाल आईडल सिजन २ का बिजयी रवि ओडको स्वरमा “नशा” बोलको गीत हालै रेकर्ड भईसकेको छ। उक्त गीत भिडियोसहित चाँडै नै दर्शक स्रोताहरुका लागि गायक पौडेलकै अफिसियल च्यानलबाट रिलिज गर्न लागिएको पनि गायक पौडेलले बताए।

शुक्र, साउन २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस