काठमाडौँ स्वयम्भूमा गोली चल्यो !

महेश शर्मा
सुनौलो नेपाल

काठमाडौं काठमाडौंको स्वयम्भूमा महानगरीय अपराध महाशाखाको टोलीले मिलन लामालाई पक्राउ गर्ने क्रममा क्रममा दुई राउण्ड गोली चलाएको छ ।
प्रहरीको गोलि लागेर घाईते भएका लामालाई उपचारको लागि बिर अस्पताल ल्याउने तयारी गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका एसएसपी श्याम ज्ञवालीले सुनौलो नेपाललाई बताए।

पक्राउ परेका लामाले लिखु तामाकाेशी गाउँपालिकाका अध्यक्षलाई धम्क्याएर २ करोड फिरौती मागेपछि उनको खोजी भइरहेको थियो। महाशाखको टोलीले मिलनसँगै रहेका अमृत तामाङलाइ नियन्त्रणमा लिएको छ।

थप बिबरण केहि बेरमा

शुक्र, साउन २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस