चिनिया राष्ट्रपतिको नेपाल भ्रमण लगभग पक्का, यसरी दिंदैछ चीनले नेपाललाई सरप्राईज !

साउन २४ काठमाडौं चिनियाँ राष्ट्रपति सी चिनफिङ दसैं लगत्तै नेपाल भ्रमणमा आउन सक्ने सम्भावना बढेको छ। त्यसैअनुरुप तयारी पनि सुरु भएको छ।

अक्टोबर १२ मा उत्तर प्रदेशको बनारसमा हुने चीनका राष्ट्रपति सी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीचको भेटावार्तापछि सीले छोटो समयका लागि नेपाल भ्रमण गर्ने तय भएको स्रोतहरूले जनाएका छन्। दुई वर्ष पहिलेजस्तो अन्तिम समयमा भ्रमण रद्द भएन भने यसपाली सी नेपाल आउने निश्चित छ। २३ वर्षपछि चीनका राष्ट्रपतिको यो पहिलो नेपाल भ्रमण हुनेछ।

काठमाडौं र बेइजिङस्थित स्रोतहरूले राष्ट्रपति सीको भ्रमण तय भएको र तयारी पनि सुरु भैसकेको जनाए पनि मिति भने यकिन गर्न चाहेका छैनन्। परराष्ट्र मन्त्रालयका अधिकारीहरू सीको भारत र नेपाल भ्रमण एकैपटक हुन सक्ने संकेत अनुसार तयारीमा जुटेका छन्।

हालैका वर्षमा नेपाली अधिकारीहरूले चिनियाँ राष्ट्रपतिलाई स्वागत गर्न आतुर रहेको बताउँदै आए पनि विश्वका शक्तिशाली नेतालाई नेपाल निम्त्याउने चाहिने बृहत् स्तरको तयारी भने नदेखिएको परराष्ट्र मामिलाका जानकारहरू औँल्याउँछन्।

नेपालका नेताहरूले आफूहरू चिनियाँ राष्ट्रपतिलाई काठमाण्डूमा स्वागत गर्न आतुर रहेको बताउन थालेको धेरै भयो। अन्तिम पटक चिनियाँ राष्ट्रपति जियाङ जमिनले सन् १९९६ मा काठमाण्डूको भ्रमण गरेका थिए।त्यसयता नेपालमा धेरै राजनीतिक तथा सामाजिक परिवर्तन भएको छ। चीनले यो अवधिमा तीव्र आर्थिक वृद्धि हासिल गर्दै आफूलाई विश्वशक्ति राष्ट्रका रूपमा आफूलाई स्थापित गरेको छ।

शुक्र, साउन २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस