शिल्पा र छबिलाई पक्राउ गर्ने बाटो खुल्यो

पाटनस्थित उच्च अदालतले अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले दिएको आदेश सदर गरेको छ।उच्च अदालतका न्यायाधीशद्वय रमेशप्रसाद राजभण्डारी र सरलाकुमारी पाण्डेको संयुक्त इजलासले नायिका पोखरेलले दायर गरेको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गर्दै उनीहरूलाई पक्राउ गर्न बाटो खोलिदिएको हो।शिल्पाले काठमाडौं जिल्ला अदालतसहित ६ जनालाई विपक्षी बनाएर साउन १६ गते उच्च अदालतमा निषे*धाज्ञाको मागसहित रिट निवेदन दिएकी थिइन्।

उच्च अदालतको आदेशमा शिल्पाले दिएको निवेदनअनुसार निषेधाज्ञा जारी गर्न नमिल्ने प्रष्ट पारिएको छ । शुक्रबार शिल्पाका तर्फबाट वरिष्ठ अधिवक्ता रमेशप्रसाद गुरागाईं र अधिवक्ता मनोज यादवले बहस गरेका थिए।छविकी जेठी पत्नी हेमा ओझाको तर्फबाट अधिवक्ताहरू स्वागत नेपाल र तुलसा शर्माले बहस गरेका थिए।

छविका तर्फबाट कसैले बहस गरेनन्। अदालतले पक्राउ पूर्जी जारी गरेको अवस्थामा अदालत र प्रहरीलाई नै असहयोग गरी पक्राउ पूर्जी नबुझी उल्टै निषेधाज्ञाको निवेदन लिएर आउनु राज्यको कानुनविरुद्ध भएको प्रष्ट पार्दै शिल्पाको मागअनुसार निषेधाज्ञा जारी गर्न नमिल्ने जिकिर हेमाका तर्फबाट बहस गरेका अधिवक्ताको थियो।

शुक्र, साउन २४, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस