कश्मीरमा विरोधमा उत्रिए जनता, मोदी सरकारले सुरुगर्यो दमन !

२५ साउन काठमाडौं भारत प्रशासित कश्मीरमा धारा ३७० खारेज गर्ने निर्णयको विरोधमा श्रीनगरमा शुक्रबार विरोध प्रदर्शन भएको खबर अन्तर्राष्ट्रिय मिडियाले उल्लेख गरेका छन् ।
अलजजीरा न्यूयोर्क टाइम्स र समाचार एजेन्सी रोयटर्सले दाबी गरेको छ कि प्रदर्शनकारीलाई नियन्त्रण गर्न प्रहरीले अश्रु ग्याससहित हवाइ फायर गरेको छ । सो क्रममा केही प्रदर्शनकारी घाइते समेत भएका दाबी गरिएको छ।रिपोर्टमा दाबी गरिएको छ कि विदेशी सञ्चार माध्यम र पत्रकारलाई निधेष गरिएको छ । तर भारतीय मिडियाले भने कश्मीर सामान्य स्थितिमा रहेको दाबी गरेका छन् ।
अलजजीराले दाबी गरेको छ कि उसँग शुक्रबार भएको विरोध प्रदर्शनको एक्सक्लूसिव भिडियो फुटेज छ । अलजजीराका अनुसार भारत प्रशासित कश्मीरको श्रीनगरमा शुक्रबार नमाजपछि प्रदर्शन सुरु भएको थियो ।कर्फ्यूको अवज्ञा गर्दै हजारौँको संख्यामा प्रदर्शनकारीहरु सडकमा निस्केको समाचारमा दाबी गरिएको छ । उक्त रिपोर्टमा दाबी गरिए अनुसार प्रदर्शनकारीले कालोझण्डा बोकेका थिए ।
केहीले हातमा बोकेको प्ले कार्डमा हामी स्वतन्त्रता चाहन्छौँ र अनुच्छेद ३७० हटाउने विषय मान्दैनौँ जस्ता नारा लेखिएका थिए । मोदी सरकारले गत सोमबार जम्मू कश्मीरलाई विशेष दर्जा दिने अनुच्छेद ३७० खारेज भएको घोषणा गरेको थियो ।

शनि, साउन २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस