कश्मिर मुद्दा पाकिस्तानको पक्षमा चीन !

भारत प्रशासित कश्मीरमा धारा ३७० हटाएको विरोधमा पाकिस्तानले लगातार आवाज उठाइरहेको छ र भारतको यो कदमको निन्दा गरिरहेको छ।
पाकिस्तान अन्तर्राष्ट्रिय समुदायको समर्थन जुटाउने प्रयास गरिरहेको छ । पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशी चीन पुगेका छन् जहाँ उनले चीनका विदेशमन्त्री वाङ्ग यीसँग भेटवार्ता गरेका छन्।

यता लद्दाखलाई केन्द्र शासित प्रदेश बनाएपछि चीन रुष्ट छ र उसले आफ्नो धारणा भारतसामु राखिसकेको छ । पाकिस्तानका विदेशमन्त्रीले चीनका विदेशमन्त्रीसँग भेटवार्तापछि भनेका छन् कि चीनले भारतको आक्रामक रवैयाका कारण जम्मू कश्मीर क्षेत्रका मानिसहरु खतरामा परेको मानेको छ।


कुरेशीले यो भेटवार्ताका तस्बिर शेयर गर्दै लगातार तीन वटा ट्विट गरेका छन्।शाह महमूद कुरेशीले पहिलो ट्विटमा लेखेका छन् ‘आज मैले चीनका विदेशमन्त्री वांग यी र अन्य अधिकारीसँग महत्वपूर्ण र निर्णायक बैठक गरेँ । पाकिस्तान र चीनकाबीच भाइचाराको सम्बन्ध छ । चीनले आज पाकिस्तानलाई सहयोग र प्रतिबद्धताको आश्वासन दियो।दोस्रो ट्विटमा कुरेशीले भनेका छन् कि चीनका विदेशमन्त्रीले मानेका छन् कि भारतले आफ्नो आक्रामक रवैयाका कारण कश्मीरका मानिसहरुलाई परेशानीमा राखेका छ र उनीहरुका आवाज निधेष गरेको छ । साथै त्यहाँका मानिसहरुलाई खतरामा राखेको छ।

पाकिस्तानका विदेशमन्त्रीले भनेका छन् पाकिस्तान शान्ति र स्थिरता चाहन्छ, जसको चीनले समर्थन गरेको छ र हामी मिलेर कश्मीरका मानिसहरुको आवाज दुनियासामु उठाउनेछौँ।यसभन्दा पहिले चीनले एक बयान जारी गरेर कश्मीर मुद्दामा भारत र पाकिस्तानलाई संयम रहन आग्रह गरेको थियो । चीनले यो पनि भनेको थियो कि दुवै देशले यस्तो कार्यबाट बच्न जरुरी छ जसले एकतर्फी रुपमा यथास्थितिलाई बदल्छ।चीनको बयानको प्रतिक्रियामा भारतले कुनै दोस्रो देशको आन्तरिक मामिलामा दखल राख्न आवश्यक नरहेको बताएको थियो।

 

शनि, साउन २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस