हंगकंग सहित यी ५ देश संगको सिरिज खेल्दै छ नेपाल, यस्तो छ खेल तालिका !

२५ साउन काठमाडौं सिंगापुरसंग पराजित भएपछि विश्वकप खेल्ने सपना सपनामै सिमित भएको नेपाली राष्ट्रिय टिमले आगामी महिना ओमानमा ५ देश सम्मिलित टि-२० अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने भएको छ। अक्टोबर ५ देखि १० सम्म ( असोज १८ देखि – २३ ) सम्म आयोजना हुने प्रतियोगितामा आयोजक ओमान र नेपाल सहित हंगकंग आयरल्याण्ड र नेदरल्याण्ड सहभागी हुनेछन्।

प्रतियोगिता अक्टोबर ११ देखि युएईमा आयोजना हुने टि-२० विश्वकप छनौटको लागि तयारीको लागि आयोजना गरिएको हो। नेपाल बाहेक अन्य ४ टिम टि-२० विश्वकप छनौटको लागि खेल्दैछन्। नेपाल भने सिंगापुरमा आयोजित टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगितामा तेश्रो स्थानमा रहँदै विश्वकप छनौट हुन असफल रह्यो।

नेपाल टि-२० विश्वकप ग्लोबल छनौटमा पुग्न असफल रह्यो तियोगितामा सहभागी हुन ओमान क्रिकेटले नेपाललाई १ महिना अगाडीनै निम्तो पठाएको थियो। नेपाल सहभागी हुनको लागि आईसीसीको अनुमतिको पर्खाइमा रहेको थियो। आईसीसीले अनुमति दिएको नेपाली राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीले बताएका छन्।

शनि, साउन २५, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस