भक्तपुरको गठ्ठाघरआकाशेपुल मुनी एकैपटक ४ वटा बस ठोक्किए !

भक्तपुरको मध्यपुरठिमी गठ्ठाघरको आकाशेपुलमुनि एउटा यात्रुवाहक बसले अन्य तीन वटा बसलाई ठक्कर दिँदा १६ जना व्यक्ति घाइते भएका छन्।
काठमाडौंबाट सिन्धुली जाँदै गरेको बा४ख ५७९४ नम्बरको बसले अनियन्त्रित भएर सेही दिशातर्फका अन्य तीन वटा बसलाई ठक्कर दिएको हो।

महानगरीय प्रहरी परिसर भक्तपुरका अनुसार उक्त बसले आइतबार बिहान बा३ख ७०९३ बा५ख ४०२९ र ना६ख ७१२५ नम्बरको बसलाई ठक्कर दिएको हो।
ठक्कर दिँदा तीन वटै बसका यात्रुहरू सामान्य घाइते भएका छन्। घाइतेमध्ये १३ जनाको नागरिक अस्पताल र तीन जनालाई मध्यपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।ठक्कर दिने बसका चालक सिन्धुली गोलानचोर गाउँपालिका-६ का दीपकराजठकुरीलाई ठिमी वृत्तले नियन्त्रणमा लिएको छ।

 

आइत, साउन २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस