प्रचण्ड भाषणका बाछिटा: नेकपाका दुई युवा नेताको जुहारी !

काठमाडौ नेकपाका अध्यक्ष एवं तत्कालीन सशस्त्र युद्धका कमाण्डर पुष्पकमल दाहाल प्रचण्डले शुक्रबार काठमाडौमा आयोजित एक कार्यक्रममा आफ्नो तेतृत्वमा १० वर्षे जनयुद्ध भएपनि आफूले कसैलाई एक लपेटा नहानेको र कसैले आफूलाई पनि एक लपेटा नहानेको दाबी गरे । आफू सानै देखि निकै सोझो र इमान्दार भएको बताएका उनले युद्धको बेला एउटा सानो हिंसा पनि नगरेको बताए । हिंसाको नेतृत्व उनैले गरेकाले व्यक्तिगत रुपमा हिंसा गरे वा गरेनन भन्दा पनि उनी हिंसाका पक्षपाती हुन भन्ने कुरा देखाउँछ । तर प्रचण्डको यहि भाषणले नेकपाका दुई युवा नेताको जुहारी सामाजिक संजालमा छताछुल्ल भएको छ ।

भाषणको विषयलाई लिएर पूर्व एमाले पक्षका केन्द्रीय सदस्य सूर्य थापा र पूर्व माओवादी पक्षधर केन्द्रीय सदस्य एवं युवा संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’बीच सामाजिक सञ्जालमै जुहारी चलेको छ। शनिबार नेकपाका केन्द्रीय सदस्य सूर्य थापाले प्रचण्डको शुक्रबारको भाषणलाई लिएर शनिबार सामाजिक सञ्जाल फेसबुकमा उनको कडा आलोचना गरे। उनले जनयुद्धको नेतृत्व र निर्देशन आफ्नो र मरेकाहरु आफ्नै कारणले मरे भन्ने भन्दै प्रचण्डमाथि व्यंग्य गरेका छन्।

आफ्नो यस ६५ बर्ष लामो महान जीवनकालभर कसैको एक लपेटा खाएको र कसैलाई एक लपेटा खुवाएको छैन । महान जनयुद्धको आदेश, निर्देश र नेतृत्वचाहिँ मेरै हो जे जति मारिए, ती सबका सब केवल आफ्नो कारणले नै मरे र मारिएको तथ्य हो ।म त महान जनयुद्धको नेतृत्व गरिरहेको त्यसबेला पनि शान्तिको पक्षधर नै थिएँ भित्रभित्रै मने बुझिदिनेहरूले सही बात बुझ्नुपर्छ ।हिजोको महान र हाल परित्याग गरिसकेको जनयुद्धमा मार्ने र मर्ने महान कार्यको दोषको भारी एक जना मनैदेखिको शान्तिकामीका हैसियतमा सुप्रिम कमाण्डरले मात्र बोक्न कसरी संभव हुन्छ विगतसॅग क्रमभंग गर्दै हामीहरू यहाँसम्म आइपुगेको त बिर्सन मिल्दैन नि आजको क्रान्तिकारी तरंग र मनोदशा

नेता थापाको यो स्टाटस आएलगत्तै पूर्वमाओवादी पक्षधर केन्द्रीय सदस्य एवं युवा संगठनका संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले आफ्नो व्यक्तिगत विचार भन्दै सामाजिक सञ्जालबाटै सूर्य थापालाई पार्टी छाड्न सुझाब दिए। सूर्य जी पार्टी केन्द्रीय सदस्य जस्तो जिम्मेवार व्यक्तिले आफ्नो अध्यक्ष प्रति बारम्बार गर्ने यस्तो आक्रमण अब सह्य हुँदैन । पार्टी अनुशासन आत्मानुशास नमान्ने र काम नै पार्टी नेतृत्वको विरोध गर्ने बनाउने भए आफूले लिएको जिम्मेवारी त्याग गर्दा राम्रो हुन्छ । हामी तपाईंले जस्तै विषयलाई बङ्ग्याउन र हिजोको विगत भन्न नजानेर नबोलेको होइन पार्टी अनुशासन मानेर नबोलेको हो । सुझाव यस्ता गाली आजकल फस्टाउँछ भन्ने लागेको भए यसलाई पेशा बनाए हुन्छ

दीपशिखाको यो स्टाटस लगत्तै थापाले फेरि सामाजिक सञ्जालमार्फत त्यसको जवाफ दिएका छन्। उनले दीपशिखालाई अनुशासन र मर्यादाको पाठ नसिकाउन र माओवादी पक्षघरको दादिागिरी स्वीकार्य नहुने चेतावनी दिंदै लेखेका छन् दीपशिखाले अनुशासन र मर्यादा सिकाउने? कति हास्नु यस्तो दादागिरी स्वीकार्य हुन्छ भन्ठानेको विचरा

आइत, साउन २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस