काम लगाइदिने भन्दै २० वर्षीया किशोरीलाई भारत लैजान खोज्ने प्रहरी नियन्त्रणमा

साउन २६ काठमाडौं २० वर्षीया किशोरीलाई वेचविखन गर्ने उद्देश्यले विभिन्न प्रलोभन देखाई भारत लैजान खोज्ने दुई जनालाई प्रहरीले शनिबार साँझ चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गाबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–२ घर भएका ३१ वर्षीय भुवन तमाङ र काभ्रे खानीखोला गाउँपालिका–१ घर भएका २९ वर्षीय आइते बहादुर लोप्चन रहेका छन्।

माइती नेपालका प्रतिनिधि सहित महानगरीय प्रहरी बृत्त थानकोटबाट खटिएको प्रहरीले ना ७ ख ५७०२ नम्बरको बस जाँच गर्ने क्रममा किशोरीलाई शंकास्पद रुपमा लिई जाँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

उनीहरुले ती किशोरीलाई झापाको बिर्तामोडमा काम लगाईदिने भन्दै भारत लैजान लागेको प्रहरीले बताएको छ। किशोरीलाई कोही कसैले जाँच गर्ने क्रममा सोधपुछ गर्दा वास्तविक नाम नखुलाउन र बिशेष कामले बिर्तामोड जाम लागेको भन्न लगाइएको प्रहरीले जनाएको छ।

आइत, साउन २६, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस