३ लाख घुस रकमसहित वन अधिकृत रंगेहात अख्तियारको फन्दामा

साउन २७ काठमाडौं वन कार्यालय वीपीनगर डोटीका एक वन अधिकृत ३ लाख २६ हजार रुपैयाँ घुस रकमसहित रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले वन कार्यालय वीपीनगरका आठौं तहका वन अधिकृत सुरेशचन्द्र डीसीलाई घुससहित रंगेहात पक्राउ गरेको हो ।

आयोगका सूचना अधिकारी टोपबहादुर विष्टका अनुसार उनलाई आइतबार साँझ डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ भाँत्काँडाको खाजा पसलबाट घुस रकमसहित नियन्त्रणमा लिइएको हो ।नियन्त्रणमा लिइएका डीसीलाई अहिले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा राखिएको छ । विष्टका अनुसार उनलाई आजै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट थप अनुसन्धानका लागि काठमाडौं लैजाने तयारी गरिएको छ ।

सोम, साउन २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस