स्वास्थ्य परीक्षण सकेर आज स्वदेश फर्किँदै प्रधानमन्त्री ओली

साउन २७ काठमाडौं साउन १८ मा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली आज (सोमबार) स्वदेश फर्किँने भएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि गएका उनी शनिबार नै स्वदेश फर्कने कार्यक्रम रहेको थियो तर दुई दिन बसेर सोमबार फर्किन लागेका हुन्।

साउन १८ मा सिंगापुर प्रस्थान गरेका ओलीले त्यसको भोलिपल्टदेखि नै नियमित स्वास्थ्य परीक्षण गराएका थिए। उनी गत शनिबार स्वदेश फर्किने कार्यक्रम भए पनि थप दुई दिन बसेर सोमबार फर्किन लागेका हुन्। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको छ।

१२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि ओलीले सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्। प्रधानमन्त्री ओलीसँग पत्नी राधिका शाक्य प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल निजी चिकित्सक डा. दिव्या सिंहलगायतको टोली सिंगापुर गएको छ।

सोम, साउन २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस