प्रधानमन्त्री ओली नेपाल फर्किए, विमानस्थल आधा घण्टा अबरुद्ध

साउन २७ काठमाडौं साउन १८ मा स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि गएका उनी शनिबार नै स्वदेश फर्कने कार्यक्रम रहेको थियो तर दुई दिन बसेर आज स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री स्वदेश फर्किंदा करिब आधा घण्टा त्रिभुवन विमानस्थल अबरुद्ध भएको छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्षसमेत रहेका ओलीको सिंगापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको हो । १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि ओलीले सिंगापुरमा नियमित स्वास्थ्य परीक्षण गराउँदै आएका छन्। प्रधानमन्त्री ओलीसँग पत्नी राधिका शाक्य प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल निजी चिकित्सक डा. दिव्या सिंहलगायतको टोली आज नेपाल फर्किएको हो ।

सोम, साउन २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस