प्रधानमन्त्री ओली स्वदेश फिर्ता , एयरपोर्ट पुगेका पत्रकार निराश भएर फर्किए

२७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि स्वदेश फर्केका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली आज अपरान्ह सवा १२ बजे विमानस्थल आएका हुन् ।

प्रधानमन्त्रीको प्रतिक्रिया लिन पत्रकारहरु पनि प्रतीक्षा गरेर विमानस्थल पुगेका थिए, तर प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलन गर्न नमानेपछि दुई घण्टा देखि कुरेर बसेका पत्रकारहरु निराश भएर फर्केका छ्न ।

स्वास्थ्यबारे जानकारी दिनुप¥यो भनेर सोध्दा प्रधानमन्त्रीले ठाडो भाषामाराम्रो छ हेरेर थाहा पाउनुहोस न नभए केही दिनमा थाहा पाइहाल्नु हुन्छ नि भनेर हिडेका थिए।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत विमानस्थलमा पुगेका थिए ।

सोम, साउन २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस