प्रधानमन्त्री केपी शर्मा ओलीको स्वदेश फिर्ती, हेर्नुहोस १० रोचक तस्बिरमा

२७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचारपछि स्वदेश फर्केका छन् । नियमित स्वास्थ्य परीक्षणका लागि गत साउन १८ गते सिंगापुर गएका प्रधानमन्त्री ओली आज अपरान्ह सवा १२ बजे विमानस्थल आएका हुन् ।

प्रधानमन्त्रीको प्रतिक्रिया लिन पत्रकारहरु पनि प्रतीक्षा गरेर विमानस्थल पुगेका थिए, तर प्रधानमन्त्री ओलीको स्वदेश फिर्ता र स्वास्थ्य अवस्था बारे जानकारी दिन  पत्रकार सम्मेलन भने गरीएको थिएन ।

स्वास्थ्यबारे जानकारी दिनुप¥यो भनेर सोध्दा प्रधानमन्त्रीले राम्रो छ हेरेर थाहा पाउनुहोस न नभए केही दिनमा थाहा पाइहाल्नु हुन्छ  भन्ने जवाफ संचारकर्मीलाई दिएका थिए।

प्रधानमन्त्री ओलीलाई स्वागत गर्न सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सरकारका अन्य मन्त्रीहरु, नेकपा नेता बामदेव गौतम, सुवास नेम्वाङलगायत विमानस्थलमा पुगेका थिए ।

 

सोम, साउन २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस