भदौदेखि दुधको मूल्य बढ्ने

साउन २७ काठमाडौं दूधको मूल्य भदौ १ गतेदेखि लागू हुनेगरी बढ्ने भएको छ । कृषि तथा पशुपंछी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरुप तीन वर्षपछि दूधको मूल्य बढाउने प्रक्रिया सुरु गरेको हो ।

दूधको उत्पादन लागत बढेको भन्दै केन्द्रीय दूग्घ सहकारी संघले मूल्य नबढाए भदौ पहिलो सातादेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ भने दुग्ध उद्योगीहरुको संस्था नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले पनि मूल्य बढाउन माग गर्दै आएको छ ।

उपभोग्य वस्तु लगायत पशु आहारा ढुटो दाना चोकर र कृषि श्रमिकको मूल्य वर्षेनि निरन्तर रुपमा बढ्ने तर दूधको मूल्य लामोसमयदेखि नबढ्दा किसानको उत्पादन लागत उठ्नै छाडेको छ संघका अध्यक्ष नारायणप्रसाद देवकोटाले भने मूल्य बढाउनुनको विकल्पै छैन साउनभित्रै नगरे हामी आन्दोलनमा होमिनेछौं । उनले कृषिमन्त्री र मन्त्रालय सकारात्मक रहेको भन्दौ मूल्यवृद्धि हुनेमा आफूहरु विश्वस्त रहेको बताए।

सोम, साउन २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस