कस्तो छ प्रधानमन्त्रीको स्वास्थ्य ? एयरपोर्टमा प्रधानमन्त्रीको जबाफ हेरेर थाहा पाउनुस !

काठमाडौँ स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएका छन् । प्रधानमन्त्री ओली सोमबार मध्याहन्न काठमाडौँ आइपुगेका हुन् ।विमानस्थलमा पत्रकार सम्मेलन नगरिए पनि पत्रकारले प्रधानमन्त्री ज्यु तपाईको स्वास्थ्य कस्तो छ भनेर सोधेका पत्रकारलाई हेरेर थाहा पाउनुस न म ठिक छु भन्ने जबाफ दिएर टारेका छन् । प्रधानमन्त्रीको यो भ्रमणमा बिमानस्थलमा ओर्लिएपछि पत्रकार सम्मेलन नगरी सिधै निवास तर्फ प्रस्थान गरे ।


प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि साउन १८ गते त्यसतर्फ गएका थिए । उनी गएको शुक्रबार नै स्वदेश फर्किने तयारी थियो । तर स्वास्थ्य परीक्षणको रिपोर्ट आउन ढिलाई हुँदा आइतबारका लागि सारिएको थियो ।

आइतबारसम्म पनि रिपोर्ट नआएपछि पुनः आगमन मिति सारेर सोमबारका लागि तय भएको हो । प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेशनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको हो ।प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा. दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए ।

 

सोम, साउन २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस