ज्ञानेन्द्र शाही बिरुद्द सुर्खेतमा नाराबाजी रअको एजेन्टलाई कर्णाली प्रदेशमा मुर्दाबाद

२७ साउन सुर्खेत भ्रष्टाचारविरुद्धको अभियान संचालन गरेको बताउने ज्ञानेन्द्र शाही लागएतको टिम सुर्खेतमा हरेकपटक विवादको घेरामा पर्दै आएको छ  । अभियानका क्रममा अघिल्लो पटक सुर्खेत पुगेका ज्ञानेन्द्र शाहीले त्यहिका स्थानीय पत्रकारलाई अपशब्द प्रयोग गरेको अभियोगमा पक्राउ परेका थिए । भने अहिले सुर्खेतमा फेरी अर्को बिरोधको बाताबरण बनेको छ ।

तस्बिर :फाईल फोटो

अभियानका क्रममा सुर्खेत पुगेको ज्ञानेन्द्र शाही लगाएतको टोलिले कार्यक्रमको सुरुवातमा राष्ट्रिय गानबाट कार्यक्रम सुरु गर्ने भनि जानकारी दिएकोमा पछि राष्ट्रिय गान नबजाई अर्कै गित बजाएको भन्दै त्यहि कार्यक्रममा उपस्थित भएका केहि युवाहरुले बिरोध गरेका छन् । कार्यक्रम स्थलमै बिरोध हुन् थालेपछि स्थिति नियन्त्रणको लागि प्रहरीले सामान्य हस्ताक्षेप समेत गरेको थियो ।

साथै राष्ट्रिय गान नबजाई अर्कै गितबाट कार्यक्रम सुरुवात गरेको भन्दै आक्रोशित युवाले ज्ञानेन्द्र शाही लगाएतका अभियान्तालाई देशको राष्ट्रिय गान समेत नबजाउने यो अभियान कसरी नेपालका लागि नेपाली अभियान हुन्छ भन्दै प्रश्न समेत गरेका छन् । निक्कै आक्रोशित मुद्रामा देखिएका केहि युबाले ज्ञानेन्द्र शाही लगाएतका अभियानतालाई रअको एजेन्टको आरोप लगाउदै कर्णाली प्रदेशमा रअको एजेन्टलाई मुर्दाबाद भन्ने नारा समेत लगाएका थिए ।
हेर्नुस थप भिडियोमा

सोम, साउन २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस