सार्वजनिक यातायातमा अमर्यादित बोल्नेलाई यति ठुलो जरिवाना

साउन २७ काठमाडौं सार्वजनिक यातायातमा अमर्यादित व्यवहार र बोली प्रयोग गरे पाँच हजार रुपैयाँ जरिबाना हुने भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राष्ट्रिय सभामा प्रस्तुत गरेको काठमाडौं उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयकमा यस्तो व्यवस्था छ ।

राष्ट्रियसभामा छलफका क्रममा रहेको सो विधेयक पारित भएमा सार्वजनिक यातायातमा अर्मयादित व्यवहार गर्ने र भाषा प्रयोग गर्नेमाथि कारबाही गर्न बाटो खुल्नेछ । सार्वजनिक यातायातभित्र सहचालक चालक तथा यात्रुसँग अमर्यादित भाषा प्रयोग गर्ने ज्येष्ठ नागरिक अपाङ्गता भएका व्यक्ति बालबालिका यात्रुसँग अमर्यादित भाषा प्रयोग गर्नेलाई एक हजारदेखि पाँच हजारसम्म जरिबाना गर्न सकिने व्यवस्था प्रस्ताव गरिएको छ ।

यस्तो जरिबाना गर्न कम्तीमा सहायक निरीक्षक दर्जाको ट्राफिक प्रहरी हुनुपर्नेछ । त्यस्तै विधेयकमा सार्वजनिक यातायातमा क्षति पुर्याउने, फोहोर गर्ने वा फोहोर फाल्नेमाथि पनि कारबाही गर्ने व्यवस्था छ । सार्वजनिक यातायातमा तोकेको भाडा नतिरी यात्रा गर्ने भाडा तिर्न इन्कार गर्ने वा नपाउने सुविधा लिन प्रयत्न गर्नेमाथि पनि पाँच हजारसम्म जरिबाना गर्न सक्ने गरी विधेयकमा प्रस्ताव गरिएको छ ।

सोम, साउन २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस