विसाखापट्टनममा तटरक्षक जहाजमा विस्फोट, चालक दलका २९ सदस्य समुन्द्रमा हाम फाले !

एजेन्सी– भारको आन्द्र प्रदेशस्थित विशाखापट्नममा तटरक्षक जहाज जगुआरमा सोमबार विस्फोटपछि आगो लागेको छ।जहाजमा आगो लागेपछि २९ जना चालक दलका सदस्यहरुले ज्यान जोगाउन समुद्रमा हाम फालेका थिए। जसमध्ये २८ जनाको उद्दार गरिएको छ भने बाँकी एक जना बेपत्ता रहेको भारतीय सञ्चारले जनाएका छन्।

बेपत्ताको खोजी कार्य जारी रहेको छ। जहाजमा आगो लाग्नुको कारण थाहा हुन सकेको छैन।भारतीय तटरक्षक बलका अनुसार सोमबार बिहान करिब साढे ११ बजे जहाजमा विस्फोट भएको र त्यसपछि आगो लागेर धुवाँको मुस्लो निस्कीएको थियो। त्यसपछि ज्यान जाेगाउन चालक दलका सदस्यले पानीमा हाम फालेका थिए।

सोम, साउन २७, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस