सिपिएल खेल्न हिडेका सन्दिप लामिछानेलाई अमेरिकाले दिएन भिजा

सुनौलो नेपाल – पछिल्लो समयका सर्वाधिक चर्चित नेपाली राष्ट्रिय क्रिकेट टोलीका युवा लेग स्पिनर सन्दीप लामिछानेलाई अमेरिकाले भिजा दिन अस्विकार गरेको छ।

सन्दीपले क्यारेबियन प्रिमियर लिग २०१९ खेल्न अमेरिका जानका लागि मंगलबार काठमाडौंस्थित अमेरिकी दूतावासमा भिसा अप्लाई गरेका थिए।

सबै कागजात समावेश गर्दागर्दै पनि आफूलाई भिसा नदिएकोमा अचम्म लागेको सन्दीपले उल्लेख गरेका छन्।

अमेरिकी दूतावासले भिसा नदिएपछि आफूलाई सिपिएल खेल्न जान गाह्रो भएको सन्दीपले ट्वीटरमा उल्लेख गरेका छन्।

यस्तो छ सन्दीपको ट्वीट

सन्दीपले यसअघि इन्डियन प्रिमियर लिगलगायत संसारभरका प्रतिष्ठित क्रिकेट लिग खेलिसकेका छन्। उनले सिपिएलको गत संस्करण पनि खेलेका थिए।

मङ्ल, साउन २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस