किन दिए प्रतिनिधिसभाका सांसद डा. सूर्य नारायण यादवले राजीनामा ? यस्तो छ कारण

साउन २८ काठमाडौं प्रतिनिधिसभा सदस्य डा. सूर्य नारायण यादवले राजीनामा दिएका छन्। सभामुख कृष्णबहादुर महरालाई यादवले राजीनामा बुझाएका हुन्।

सोमबार नै राजीनामा दर्ता भए पनि कुनै औपचारिक निर्णय नभएको सभामुखका प्रेस सल्लाहकार डिल्ली मल्लले जानकारी दिए। यादवले आफूलाई मधुमेह उक्त रक्तचाप लगायतका समस्या रहेको राजीनामामा उल्लेख गरेका छन्। मेरो स्वास्थ्यका कारणले म जनप्रतिनिधिको भूमिका निर्वाह गर्न असमर्थ भएको हुँदा राजीनामा दिएको छु यादवले सभामुखलाई बुझाएको राजीनामापत्रमा उल्लेख छ । यादवले राजीनामा दिने सम्बन्धमा पार्टीमा भने कुनै छलफल नभएको बताइएको छ ।

यादव चिकित्सक हुन्। ०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचनमा सप्तरी १ बाट यादव निर्वाचित भएका थिए। उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबाट उनी निर्वाचित भएका हुन्। दलको औपचारिक पत्र आएपछि सभामुखले राजीनामाबारे निर्णय लिनेछन्। यादवको राजीनामा स्वीकृत भए रिक्त स्थानमा उपनिर्वाचन हुनेछ । सरकारले मंसिर १४ गते उपनिर्वाचनका लागि मिति तोकिसकेको छ ।

मङ्ल, साउन २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस