भिसा अस्वीकार गरेको दुतावासले फेरि किन बोलायो सन्दीपलाई दुतावास ?

साउन २८ काठमाण्डौ नेपाली क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकी दूतावासले फेरि बोलाएको छ ।बिहान अन्तवार्ताका लागि बोलाएर भिसा दिन अस्वीकार गरेको दूतावासले दिउँसो फेरि बोलाएको हो । क्यारेबियन प्रिमियर लिग खेल्न सन्दीपले भिसा अप्लाई गरेका थिए । तर कुनै कारण बिनै सन्दीपको अप्लाई अस्वीकार गरेका थिए । भिसा अस्वीकार भएपछि सन्दीपले चकित भएको प्रतिक्रियासहित ट्वीट गरेका थिए ।

लगत्तै दूतावासले सन्दीपलाई बोलाएको छ । नेपालले एक दिवसीय सिरिज अमेरिकासँग ६ महीनापछि खेल्ने भएकाले पनि सन्दीपले भिसा अप्लाइ गरेका हुन् विश्वका विभिन्न देशमा अन्तरर्राष्ट्रिय खेल खेलिसकेका सन्दीपले आफू लुक्नका लागि भिसा अप्लाइ नगरेको प्रतिक्रिया दिएका छन् ।

मङ्ल, साउन २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस