जनप्रतिनिधिको हर्कत, घुस रकम छोरालाई लिन पठाएपछि….

साउन २८ काठमाण्डौ अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले एक लाख ६० हजार घुससहित महोत्तरीको भंगाहा नगरपालिका ८ का वडा सदस्य कारी साहका छोरा मुकेश रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई जनकपुरधाम उपमहानगरपालिका-९ पिडारी चोकस्थित राष्ट्रिय वाणिज्य बैंकको गेटबाटै उपभोक्ता समितिका पदाधिकारीसँग घुस लिँदै गर्दा पक्राउ गरेको हो।

भंगाहा नगरपालिका ८ का वडाध्यक्ष मो रफिक आलमसँग मिलेर वडा सदस्य कारीले छोरा मुकेशलाई घुस लिन पठाएका थिए । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिबासका उपसचिव हरिप्रसाद घिमिरेका अनुसार सडक ढलानको बि भुक्तानीका लागि समितिसँग वडाध्यक्ष र वडा सदस्यले घुस मागेका थिए ।

त्यही घुस रकम लिन वडा सदस्यले छोरालाई पठाएपछि अख्तियारको फन्दामा परेका हुन्। पक्राउ परेका मुकेशलाई आवश्यक कारवाहीका लागि बर्दिबास कार्यालय लगेको छ। छोरा घुससहित पक्राउ परेपछि वडा सदस्य कारी र वडाध्यक्ष रफिक सम्पर्कविहीन बनेका छन् ।

मङ्ल, साउन २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस