भिसा अस्वीकृत गरेको तीन घन्टापछि बोलाएर अमेरिकी दुतावासले फेरि भिसा दिएकोप्रति सन्दीपले दिए यस्तो प्रतिक्रिया

साउन २८ काठमाण्डौ अमेरिकाले भिसा अस्वीकृत गरेको तीन घन्टापछि बोलाएर फेरि भिसा दिएकोप्रति नेपाली क्रिकेटर सन्दीप लामिछानेले धन्यबाद व्यक्त गरेका छन् ।लगत्तै ट्विट गरेर उनले अमेरिकी दूतावाससहित सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।

लामिछानेलाई अमेरिकी दूतावासले मंगलबार बिहान भिसा दिएको थिएन । त्यसपछि उनले आश्चर्यमा परेको भन्दै प्रधानमन्त्री तथा परराष्ट्र मन्त्रीलाई मेन्सन गरेर ट्वीट गरेका थिए। दूतावासले लामिछानेलाई बिहान साढे ११ बजेतिर भिसा सम्बन्धी निर्णय रिभ्यू गर्नका लागि भन्दै पुनः बोलाएको थियो । रिभ्यू पछि दूतावासले उनलाई भिसा दिएको हो ।

मङ्ल, साउन २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस