चाँडै सन्तान जन्माउनेबारे प्रियंका चोपडाले गरिन यस्तो खुलासा

साउन २८ काठमाण्डौ
एजेन्सी प्रियंका चोपडा र निक जोनस चाँडै सन्तान जन्माउने पक्षमा नभएको बताएका छन्। प्रियंकाका अनुसार उनी आफ्नो व्यावसायिक जीवनमा ठूलो सफलता हात पार्ने लक्ष्यमा केन्द्रित भएकी छिन्।

म विश्वमा केही परिवर्तन ल्याउन चाहन्छु। इन स्टाइलसँगको कुराकानीमा प्रियंकाले भनिन् म मेरो अस्तित्वको महत्व होस् भन्ने चाहन्छु। मेरा छोराछोरीले मलाई म तिर फर्किएर गर्वका साथ मेरी आमा भनेको सुन्न चाहन्छु। प्रियंकाका अनुसार उनी अहिले त्यो उचाइमा पुगेका छैनन् जुन उनी चाहन्छिन्।

इन्टरटेनमेन्ट विक्लीसँगको अन्तर्वार्तामा पनि प्रियंकाले चाँडै सन्तान जन्माउने योजनामा निक र आफू नभएको उनले बताएकी थिइन्। अमेरिकी गायक २६ वर्षीय निक जोनस र ३७ वर्षका बलिउड तथा हलिउड स्टार प्रियंका चोपडाबीच गतवर्षको डिसेम्बर १ तारिखमा विवाह भएको थियो।

मङ्ल, साउन २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस