अब किर्केटमा माइक्रोचिप्स सहितको स्मार्ट बल, यस्ता छन् बिशेषता

साउन २८ काठमाण्डौ
एजेन्सी क्रिकेटमा अब माइक्रोचिप्ससहितको स्मार्ट बल प्रयोग गरिने भएको छ। अष्ट्रेलियाको क्रिकेट बल निर्माण कम्पनी कुकाबुर्राले माइक्रोचिप्स प्रयोग गरेर नयाँ बल निर्माण गरेको हो। यस बलको नाम द स्मार्ट बल राखिएको छ।

नयाँ प्रविधिसहितको यस बलले क्रिकेट खेलमा क्रान्तिकारी प्रभाव पार्ने विश्वास गरिएको छ। कुकाबुर्राले गतहप्ता मात्र यो बल सार्वजनिक गरेको थियो। यसको प्रयोग सफल भएमा छिट्टै अन्तर्राष्ट्रिय क्रिकेटमा समेत उपयोगमा ल्याइनेछ। अस्ट्रेलियाको बिग बास लिगमा पहिलो पटक स्मार्ट बलको प्रयोग हुनसक्ने बताइएको छ। स्मार्ट बलले बलको स्पीडबारे तीब्र गतिमा तथ्याङ्कहरु निकाल्न सहयोग पुग्ने विश्वास पनि गरिएको छ।

बल रिलिज गरेदेखि बाउन्स हुनुअघि र बाउन्स भएपछि सामान्य स्पिडमापक राडार भन्दा यसले सहि र विस्तृत जानकारी दिनेछ। यसले स्पिनरहरुको लागि अहिलेसम्म उपलब्ध नभएको क्रान्तिकारी तथ्याङ्कसमेत उपलब्ध गराउने दावी गरिएको छ। यो बल कुकाबुर्राको पुरानो बल जस्तै देखिन्छ र त्यसरीनै काम पनिगर्छ। यस बलले लाइभ ब्रोर्डकास्ट र समर्थकलाई समेत थप मनोरञ्जन दिने विश्वास गरिएको छ। थर्ड अम्पायरलाई डीआरएसको निर्णय लिन पनि यसले ठूलो सहयोग पुग्ने दावी कम्पनीको छ।

कुकाबुर्राले यस बलको प्रयोग विशेषगरी टेस्ट क्रिकेटमा गराउन चाहेको बताएको छ। विश्व क्रिकेट परिषद् आईसीसी ले प्रयोगपछि मान्यता दिएपछि मात्र अन्तर्राष्ट्रिय स्तरका प्रतियोगितामा यस बलको प्रयोग हुनेछ।

मङ्ल, साउन २८, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस