कुलमानको चमत्कार घाटाको प्राधिकरण ७ अर्व नाफामा, बिजुली बेच्ने भारतलाई उल्टो ५० करोडको बिक्रि (भिडियो सहित)

साउन २८ काठमाण्डौ- केहि समय २४ घन्टामा १८ घण्टा लोडसेडिंग भोग्न विवश हामी, बर्षेनी घाटा बेहोर्न बाध्य नेपाल बिधुत प्राधिकरण भारतबाट बिजुली किन्न बिबश नेपाल सरकार यी सबै दुखका दिन एकैचोटी समाधान भए जब नेपाल विद्युत प्राधिकरणको नेतृत्व कुलमान घिसिङ्गले सम्हाले।

घिसिङले नेतृत्व सम्हाले देखि घाटाको नेपाल विद्युत प्राधिकरणले गएको आर्थिक वर्षमा ७ अर्ब २० करोड रुपैयाँ नाफा गरेको छ । सिंहदरबारमा भएको पत्रकार सम्मेलनमा ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०७५–७६ मा ७ अर्ब २० करोड नाफा भएको बताए ।

कुलमान घिसिङले नेतृत्व सम्हालेलगत्तै ठूलो घाटामा रहेको प्राधिकरणले नाफा आर्जन गर्न सुरु गरेको थियो । २०७३ भदौमा कुलमान घिसिङ कार्यकारी निर्देशकमा रुपमा प्राधिरकणमा प्रवेश गरेका थिए । उनी आउँदा प्राधिकरण वार्षिक ८ अर्ब ८९ करोड घाटामा थियो । तर घिसिङ नेतृत्वमा आएको ११ महिनामा नै घाटा हटाउँदै १ अर्ब ४६७ करोड नाफा आर्जन गर्न प्राधिकरण सफल भयो ।

हेर्नुहोस मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनको भिडियो

बुध, साउन २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस