प्रचण्ड र बाबुरामको जुहारीमा कमल थापा मिसिएपछि…

साउन २९ काठमाडौं संघीयताको कार्यान्वयनको विषयलाई लिएर नेकपा अध्यक्ष पुष्पकमल दाहाल समाजवादी पार्टी नेपालका अध्यक्ष बाबुराम भट्टराई र राप्रपाका अध्यक्ष कमल थापा सामाजिक सञ्जाल ट्वीटरमै बहसमा उत्रिएका छन्।

पुर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष प्रचण्डले संघीयता एउटा बिरुवा भनेर रोपेको तर फल चाहिँ अर्कै फलेको भन्दै एक कार्यक्रममा असन्तुष्टि ब्यक्त गरेको प्रति अर्का पूर्वप्रधानमन्त्री तथा समाजबादी पार्टीका अध्यक्ष्य बाबुराम भट्टराईले कटाक्ष गर्दै ट्वीटरमा लेखेका छन् कृषिमा स्नातक कमरेडलाई थाहा हुनुपर्ने जस्तो वीउ रोप्यो त्यस्तै विरूवा उम्रन्छ। राज्य पुनर्संरचना समिति आयोगले पहिचानसहित १० प्रदेशको संघीयताको वीउ सिफारिस गरेको थियो तर तपाईंले एमाले र नेकासंग सत्ता बाँडचुँड गर्न पंचायती विकास क्षेत्र मोडेलको ७ प्रदेशको वीउ रोप्नुभो ऐले त्यै फल्दैछ कसो?

एउटा कार्यक्रममा दाहालले तल्लो तहसम्म अधिकार लैजान संघीयता ल्याइए पनि काम भने उल्टो भएको जिकिर गरेका थिए। दाहालको जिकिरप्रति व्यंग्ग गर्दै भट्टराईले कृषिमा स्नातक कमरेडलाई थाहा हुनुपर्ने जस्तो बीउ जस्तो रोप्यो त्यस्तै विरूवा उम्रन्छ भन्दै कटाक्ष गरेका छन्।

यता राप्रपा अध्यक्ष कमल थापाले नेपाललाई संघीयता आवश्यक नभएको जिकिर गर्दै यसबारे जनमत संग्रहमा जान प्रस्ताव गरेका छन्। थापाले भट्टराईलाई उल्लेख गर्दै लेखेका छन् जस्तो बिउ रोप्यो त्यस्तै उम्रन्छ भन्ने जान्न कृषिमा स्नातक हुनु जरुरी छैन। वास्तवमा विद्यमान असफलता र अन्तर्विरोध प्रदेशको संख्या थप घटले होइन। नेपालको आर्थिक सामाजिक परिवेशले संघियता नै धान्न सक्दैन।त्यसैले यसवारे पुनर्विचार गरौं वा व्यापक बहस सहित जनस्वामित्व हुनेगरि जनमत संग्रह गरौं।

बुध, साउन २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस