यति धेरै नेपाली भारतीय प्रहरीको मोस्ट वान्टेड सुचीमा, हेर्नुस को को परे ( सुचिसहित)

साउन २९ काठमाडौं सूचना प्रविधिको पहुँच बढ्दै गएसँगै आपराधिक गतिविधि पनि अन्तराष्ट्रियस्तरमा फैलँदै गएको छ। एक देशमा अपराध गरेर अर्को देशमा सुरक्षित हुँदै अपराधी लुक्न थालेका छन्। यस्ता आपराधिक गतिविधि गर्नेमा नेपालीहरु पनि उत्तिकै संख्यामा छन्। हेर्नुस यी नेपाली अपराधि जो भारतीय प्रहरीको मस्ट वान्टेड सुचिमा छन्।

मोहम्मद नुर अन्सारी अन्सारीलाई अहिले इन्टरपोलका १९४ सदस्य राष्ट्रले खोजी गरिरहेका छन्। तर पनि उनी पक्राउ परेका छैनन्। औपचारिक रुपमा अन्सारीलाई भारतले नक्कली नोट र हुन्डी कारोबारमा संलग्न रहेको बताए पनि उनलाई खोज्नुको मुख्य कारण हो आतंकवादलाई सहयोग।

राजेश बहादुर बाजुराको चताराका ३१ वर्षीय राजेश बहादुरले भारतमा चोरीको शृंखला मच्चाएका थिए। भारतका विभिन्न सहरमा भएका ठूला चोरीका घटनामा उनको संलग्नता रहेको भन्दै भारतीय प्रहरीको आग्रहमा इन्टरपोलले उनीमाथि रेड नोटिस जारी गरेको छ। उनी अझै फरार छन्। भारतीय प्रहरीले राजेशलाई मोस्ट वान्टेडको सुचिमा राखेको छ।

राजेश भागदुर पर्बत लेखफाँट का ३० वर्षीय भागदुर भारतमा घर तोडफोड गरेर चोरी गर्ने गरेको आरोप लागेका व्यक्ति हुन्। रातको समयमा विभिन्न वित्तीय अफिसहरु र घरहरु तोडफोड गर्दै चोरी गरेपछि उनलाई पक्राउ गर्न रेड नोटिस जारी गरिएको हो।

रमेश भागदुर म्याग्दी घतानका २६ वर्षीय रमेशमाथि पनि घर तोडफोड गरेर चोरी गरेको आरोपमा रेड नोटिस जारी गरिएको हो। अहिले उनी फरार छन्। प्रहरीले उनलाई खोजिरहेको छ।

देवी ओली ३४ वर्षीया ओली अपहरणजस्तो गम्भीर अपराधमा संलग्न हुँदै फिरौतीमा माग गरेको भन्दै भारतीय प्रहरीले खोजी गरेको थियो। भारतमा उनी फेला नपरेपछि उनको नाम रेड नोटिसमा राखिएको हो। उनी अझै फरार छिन्।

चित्रइन्द्रा सभाद ३६ वर्षीया सभादले चेक अनादार गरेको चोरी गरेको र अन्य आपराधिक षड्यन्त्र गरेको आरोप छ। उनिविरुद्ध रेड नोटिस जारी गरिएको हो।

शिवराज फुलचन्द शर्मा भारतमा घर फोडेर चोरी गरेको र अन्य आपराधिक गतिविधिमा संलग्न रहेको दाबी गर्दै शर्माविरुद्ध इन्टरपोललाई रेड नोटिस जारी गरेको छ।

माधवी श्रेष्ठ काठमाडौंकी श्रेष्ठले विभिन्न सुरक्षा निकायको नक्कली डकुमेन्ट बनाउने तथा बेच्ने गरेको पाइएपछि भारतीय प्रहरीमार्फत रेड नोटिसमा राखिएको हो।

कृष्णबहादुर औजी चोरीका कुख्यात भनेर कहलिएका औजीले भारतका विभिन्न ठाउँमा चोरीको आतंक फैलाएका थिए। उनी दिउँसै पाकेट मार्थे भने राति घर फोडेर नगद र गरगहना चोर्थे।

चक्रसिंह ठकुरी ६७ वर्षीय ठकुरी कुख्यात अपराधि हुन्। उनलाई भारतीय प्रहरीसहित १९२ देशका प्रहरीले खोजिरहेको छ। उनी भारतमा ह*त्या गरेर फरार रहेको भन्दै भारतीय प्रहरीको आग्रहमा उनीविरुद्ध रेड नोटिस जारी गरिएको हो।

ताहिर साह काठमाडौंका ५६ वर्षीय साह भारतमा मान्छे मा*रेर फरार भएका व्यक्ति भन्दै रेड नोटिस जारी भएको छ। योसँगै भारतीय प्रहरीले साहले दाउद इब्राहिमको समूहसँग निकट रहेर भारतविरोधी गतिविधि गरेको भन्दै मोस्ट वान्टेड सूचीमा रोखको छ। भारतीय गुप्तचर संस्था रअ को मोस्ट वान्टेडका पहिलो सूचीमा उनी रहेको बताइन्छ।

सूर्यबिन बहादुर तामाङ ४२ वर्षीय तामाङ भारतमा ह*त्या लुट*पाट ज्यान मार्ने ध*म्की र चोरी जस्ता जघन्य अपराधमा संलग्न रहेका व्यक्ति हुन्। मोस्ट वान्टेड सुचिमा रहेका उनि फरार छन्।

बुध, साउन २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस