मिका सिंहमाथि भारतमा गीत गाउन प्रतिबन्ध

साउन २९ काठमाडौं बलिउड गायक मिका सिंहमाथि अल इन्डिया सिने वोर्कर एसोसिएसनले प्रतिबन्ध लगाएको छ। जम्मू कश्मीरको मुद्दालाई लिएर भारत र पाकिस्तानबीच १० दिन देखि तनावपूर्ण अवस्था रहेको समयमा मिकाले भने पाकिस्तानमै गएर सांगीतिक कार्यक्रम गरेको भन्दै एसोसिएसनले उनीमाथि प्रतिबन्ध लगाउँदै बहिस्कार गर्ने घोषणा गरेको हो।

मिकाले अगस्त ८ मा पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्फका नातेदारले आयोजना गरेका एक कार्यक्रममा सांगीतिक प्रस्तुति दिएको भन्दै एसोसिएसनले उनी विरुद्ध कारवाहीको माग समेत गरेको छ। अल इण्डिया सिने वर्कर्स एसोसियशनको तर्फबाट मीका सिंहका साथ भारतमा कसैले पनि काम नगर्न आग्रह गरिएको छ । यदि कसैले मीका सिंहका साथ काम गरेको खण्डमा त्यसविरुद्ध कानुनी प्रक्रिया अगाडि बढाउने चेतावनी पनि दिइएको छ ।

साथै बयानमा मीका सिंहको आलोचना गर्दै अहिले भारत र पाकिस्तानबीच तनावको स्थितिमा मीकाले भारतको सम्मानभन्दा माथि पैसालाई राखेको बताइएको छ । साथै भारत सरकारसँग मीका सिंहविरुद्ध कडा कदम उठाउन माग गरिएको छ ।

मीका सिंहले पाकिस्तानमा पूर्व प्रधानमन्त्री परवेज मुशर्रफको आफन्तको विवाहको कार्यक्रममा गीत गाउँदै गरेको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा उनको चर्को आलोचना भएको थियो । अधिकांश भारतीय सामाजिक सञ्जाल प्रयोगकर्ताले मीका सिंहलाई कारबाही गर्नुका साथै उनलाई प्रतिबन्ध गर्नुपर्ने माग गरिरहेका थिए ।

बुध, साउन २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस