घट्यो सुनको मूल्य, हेर्नुस कति छ आजको मूल्य

साउन २९ काठमाडौं नेपाली बजारमा आज बुधबार सुनको मूल्य केही घटेको छ । हिजो मंगलबार प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुन आज ७ सय घटेर प्रतितोला ७० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनचाँदी व्यवसायी महासंघले आजका लागि छापावाल सुनको उक्त मूल्य निर्धारण गरेको हो । त्यसैगरी तेजावी सुनको मूल्य पनि घटेको छ । मंगलबार तेजावी सुन ७० हजार ७ सयमा कारोबार भएको थियो भने आजर ७ सय घटेर प्रतितोला ७० हजार रुपैयाँ निर्धारण भएको छ ।

बुध, साउन २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस