मुख्यमन्त्री शाही माथि बम आक्रमणको प्रयास !

कालिकोट । कालिकोट जिल्लाको पचालझरना गाउपालिकाको विशेष गाउँसभा उद्घाटन गर्न आई पुगेका कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई लक्षित बम विष्फोट भएको छ ।

बम विष्फोट विप्लप समुहका कार्यकर्ताले गरेको प्रहरीले जनाएको छ । घटनाको वारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।कार्यक्रम स्थलभन्दा २०० मिटर पर दुईवटा बम बिष्फोट भएको थियो । बम विष्फोटमा मानवीय क्षति भएको छैन ।

बुध, साउन २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस