काठमाडौंबासी सतर्क रहनुहोस, भित्रियो डेंगु

साउन २९ काठमाडौं वर्षात्को सुरुवातसँगै चितवन रूपन्देही बारा पर्सा कैलालीलगायत देशका ४५ जिल्लामा डेंगुका धेरै बिरामी फेला परिरहेको अवस्थामा राजधानीमा समेत डेंगुका बिरामी फेला परेका छन्। केही दिनयता टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा डेंगुका बिरामीको संख्या बढेको टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेर बहादुर पुनले बताए।

उनका अनुसार हाल उपत्यकाभित्रै बसोबास गर्ने तीनजनामा डेंगु संक्रमण देखिएको छ। उनले भने छिमेकी जिल्लाबाट त बिरामी आइरहेका छन् तर केही दिनअगाडि ओपिडीमा उपचारमा आउनु भएको उपत्यकाकै स्थानीय चार जनामा डेंगु देखिएको छ। अस्पतालको ओपिडीमा दैनिक दुईचारजना डेंगु सक्रमणका बिरामी आउनले डा पुनले बताए। एडिस प्रजातिको लामखुट्टेको टोकाइबाट डेंगुको संक्रमण हुन्छ। डेंगु सार्ने लामखुट्टेले पानी जमेको स्थानमा फुल पार्छ।

लक्षण संक्रमण भएको तीनदेखि १४ दिनभित्र देखिन्छ। यसको लक्षण एकभन्दा बढी हुन सक्छन्। चिसो लाग्नुका साथै ज्वरो टाउको दुखाइ हाड तथा जोर्नी दुख्नु आँखा दुख्नु वाक्वाकी लाग्नु वान्ता हुनु छालामा बिमिरा देखिनु रगत बग्नु वा रगतको र्‍यास देखिनुलगायत यसका लक्षण हुन्। यस्तोमा रक्तचाप सामान्यभन्दा धैरै कम हुन सक्छ। असाध्य कमजोरी महसुस र भोकसमेत कम लाग्छ। क्लासिक डेंगु सामान्य प्रकारको डेंगु हो। यो आफै निको हुन्छ मृत्युको सम्भावना कम हुन्छ। तर यदि कुनै व्यक्तिलाई डेंगु हेमोरेजिक ज्वरो वा डेंगु साक सिन्ड्रोम भएको छ भने यसको उचित प्रकारले उपचार नगरे निधन हुन सक्छ। वयस्कको दाँजोमा बच्चा र बूढापाकामा यो रोगको प्रकोप बढी देखिन्छ।

बुध, साउन २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस