पत्रकार शालिकराम पुडासैनीको भिडियो:रवि करौडौ पैसाले तिमीलाई एक दिन पोल्छ पोल्छ हेरिराख!

पत्रकार शालिकराम पुडासैनी २०७६ साउन २० मा चितवनको होटल कंगारुको कोठा नम्बर २०२ मा अवस्थामा मृत भेटिएका थिए। उनले आत्म*हत्या गर्नु अघि आफैँले रुदै मोबाइलमा दुइवटा भिडियो बनाएका थिए।
पढ्नुहोस् उनले भिडियोमा बोलेको कुरा जस्ताको तस्तै

म सेक्युरिटी अफिस चलाएर बसिरहेको बेला युवराज कँडेलसँग केही वर्ष अगाडि भेट भयो। उनले मलाई न्युज२४ मा ल्याउन कोसिस गरे। त्यतिबेला मैले जान्न भनेँ। केही भिडियोहरु खिचेर ल्याएर दिएँ। त्यसपछि रवि लामिछाने दीपक बोहोरा भएर मलाई काठमाडौं तान्न कोशिस गरे। त्यतिबेला मेरो सेक्युरेटी कम्पनी र कन्सल्टेन्सी थियो। मैले मेरो व्यापार छ। महिनाको एक–डेढ लाख रुपैयाँ कमाइरहेको छु भनेँ। अस्वीकार गरे। तर उनीहरुले अति प्रेसर गरेपछि मैले सोचेँ। कामै हो गरौं भन्ने लाग्यो।

तर मैले फूलटाइम गर्न सक्दिन मेरो व्यापार छ भनेँ। उनीहरुले पार्टटाइम गर न त भने। सुरुमा मलाई मासिक १५ हजार रुपैयाँ दिएका थिए। मैले ठिकै छ भनेँ काम गर्न थालेँ। त्यसपछि मलाई तिम्रो सबै अफिस छोड, यहाँ पूर्णकालीन भएर काम गर्नुपर्छ भने। दवाब दिए। उनीहरुले भने बमोजिम मैले आफ्नो सबै व्यापार छोडेँ। मेरो कमाउने उपाय सिद्धियो। सिद्धार्थ बैंकबाट ऋण लिएको थिएँ। त्यो बुझाउन अहिले पनि बाँकी छ। त्यो कसरी तिर्ने भनेर सोच्दै जाँदा म डिप्रेसनमा गइसकेको थिएँ। यो त्यही ऋणको कारणले हो।

सम्झना (श्रीमती) म गलत थिइनँ। रवि दाई र दीपक दाईले मलाई अति तनाब दिए। उनीहरुले कति दुःख दिए भनेर म सोचेर पनि सोच्न सक्दिनँ। दीपक दाईले त प्याट्ट र पुट्ट बनाउथे अफिसमा। कपडा समाएर तान्थे। घोक्र्याउथे। नानाथरि भन्थे। त्यो कसरी बिर्सिने? उनीहरुमा सिधाकुराको दम्भ धेरै थियो। कतिलाई बिना कारण दोष लगाएर न्युज बनाउथे। मलाई पनि त्यसै गरी काम गर्न भनिन्थ्यो। जोसँग रिस उठ्यो त्यसलाई सिध्याउँथे। व्यक्तिगत रिसइबी टिभी कार्यक्रममा ल्याएर साँध्थे।

पछि–पछि गएर मेरो तलब बढाइ दिन्छु, बढाइ दिन्छु भनिरहन्थे। त्यसपछि उनीहरुले मेरो तलब जम्मा १८ हजार पुर्‍याए। काठमाडौंको बसाइ खर्च बाहेक मेरो बैंकको किस्ता महिनाको १८ हजार ५ सय रुपैयाँ थियो। मैले कहाँबाट ल्याएर तिर्ने? मैले ऋण लिन थालेँ। दिन रात नभनी काम गर्नुपर्ने हुन्थ्यो। यो कुराले मलाइ सधैँ तनाब बढाउथ्यो।

उता मलाई जहिले पनि यातना दिन्थे। तेरो जग्गा लिलामी हुन्छ भन्थे। ऋण गरेर जसोतसो किस्ता तिर्थेँ। मैले तलब बढाउन धेरै भनेँ। न मलाई निक्लन दिए न मेरो तलब बढाइदिए। मलाई अत्यधिक यातना हुन थाल्यो। रवि दाइले अति धेरै काम लगाउथे। रात दिन केही नभनी काम लगाए। अति दुःख गरेँ। तर तलब कहिलै बढेन। एउटा थोत्रो बाइक दिएका थिए। महिनाको ४ हजार ५ हजार बाइकमा खर्च हुन्थ्यो। अन्तिम दुई महिनामा मेरो तलब बढ्यो। १९ हजार ५ सय पुगेको थियो।

साढे १९ हजार रुपैयाँले मैले के गर्न सक्थेँ? कोठाको भाडा तिर्नुपथ्र्यो। मैले पेट पाल्नु पथ्र्यो। बाइक पाल्न पथ्र्यो। यताउता जाँदा खर्च हुन्थ्यो। त्यसपछि मैले न्युज २४ छोडने निर्णय गरेँ। धेरै पटक नछोड–नछोड भने। छोडिस् भने तलाई हामी सिध्याई दिन्छौं भनेर पटक पटक धम्की दिए। युवराज कँडेलले त कतिसम्म गथ्र्यो भने मलाई छुट्टै कम्प्युटर दिएको थिएन। बस्ने ठाँउ हुँदैन्थ्यो। म चित्त बुझाएकै थिएँ। बाहिरबाट आएका आगन्तुक बसेजसरी बस्थेँ। रिर्पोटिङ हिड्थेँ। युवराजको कम्प्युटरमा मेरो रिर्पोटहरु मोबाइलका भिडियो त्यहाँ कपी गर्न पर्थ्यो। युवराजले लक लगाइ दिन्थ्यो। कपि गर्न दिँदैन्थ्यो। त्यस्तो अवस्थामा बेलुका म रिपोर्ट बनाउन सक्दैनथेँ। माथि एडिटिङ कक्षमा गएर गएर कपी गर्थें। कति गाली खान्थेँ। त्यसपछि अति पीडा हुन थाल्यो। लाग्यो अब मैले न्युज २४ छाडनै पर्छ। मैले छोड्छु भनेँ। युवराज र दीपक दाइले यहाँ नछोड बरु अष्ट्रेलिया जाने एउटी केटी मिलाइदिन्छु भने।

सोचेँ ओहो! अष्ट्रेलिया जान पाएँ भने त के के न हुन्छ। ती युवतीसँग सम्पर्क भयो। युवराजले ती युवतीसँग भेटाइदिए। यही केटी हो फेसबुकमा एड गर भने। मैले एड गरेँ। हाम्रो कुरा हुन थाल्यो। स्टोरी सुरु हुनथाल्यो। भेट हुन थाल्यो। सबै थोक हुन थाल्यो। हुँदाहुँदै एक कान दुइकान भयो। हामी नजिक भयौं। मैले उसलाई धेरै कुरामा सहयोग गरेँ। उसलाई क्लास जानु पथ्र्यो बिहान। बिएनको तयारी कक्षा लिन। पुतलीसडक त्यहाँ पुर्‍याइदिन्थेँ। अनि एउटा अस्पतालमा जागिर लाइदिएँ। हरेक कामहरु स–सानो कामहरु मलाई लाउथी। बैंकको खाता खोल्नेदेखि हरेक काममा सहयोग गर्दिन्थेँ।

पछिल्लो समय उसले मलाई हेप्न थाली। तँ तँ मम र खातेजस्ता शब्द प्रयोग गर्न थालेपछि म टाढिन थालेँ। त्योभन्दा पहिले मैले न्युज २४ जसरी पनि छोड्नु पर्छ भन्ने निर्णय गरेँ। छोडेँ पनि। छोडेर म माउन्टेन टेलिभिजन ज्वाइन गरेँ।

म अर्को प्रतिस्पर्धी टेलिभजिनमा जाने बित्तिकै मलाई युवराजले तँ अब फसिस भन्यो। मैले ठिकै छ म फसेँ भने फसेँ भन्ने कुरा गरेँ। नभन्दै उनीहरुको योजना बनिसकेको रहेछ। युवराज र रवि दाई मिलेर मलाई फँसाउने योजना बनाएका रहेछन्। मलाई फसाउँदैछन् भनेर साथीहरुबाट थाह पाएँ। सबै साथीहरुले सालिक तँलाई फसाउँदै छन्। अब के गर्छस अब भनेरसोधे। त्यसपछि मैले यो निर्णयमा पुगेको हुँ।

मलाई माफ गर्देऊ सम्झना! करोडौंको सम्पत्ति छ मैले जोडेको। त्यसमा तिम्रो सहयोग छ। मैले धेरै मिहिनेत गरेको थिएँ। सेक्युरिटी कम्पनी हुँदा रात भरिभरि काम गरेको थिएँ। रबि लामिछाने तिमिलाई एकदिन पाप लाग्नेछ। तिमी जस्तो अधर्मी यो देशमा कोही छैन। दुनियाँलाई थर्काएका छौ, लुटेका छौ। कतिसँग करोडौं रूपैयाँ घूस लिएका छौ। मलाई भनिस् भने मार्दिन्छु भन्थ्यो। रवि लामिछाने तिमीलाई एकदिन पोल्नेछ त्यो पैसाले। यति पोल्छ नि त्यसले। मलाई पहिला १८ हजार दिएर तिमी करोडौं कमाउथ्यो। तिमिलाई त्यसले पोल्नेछ। तिमी जस्तो भ्रष्ट, अरु कसैको प्रगति देख्न नसक्ने मान्छे यो देशमा अरु कोही छैन। रविका केही अन्धभक्तहरुले भन्लान् रवि राम्रो मान्छे हो। रविको असली रुप देख्न केही समय लाग्नेछ।

रवि आफूले सिधै पैसा लिँदैन। वेलकम मिडियामार्फत लिन्छ। जसले सीधा कुरामा विज्ञापन पनि गर्छ। उठाएको पैसा बुझ्ने ठाउँ त्यही हो। केही प्रमाणहरु मसँग अहिले पनि छन्। मैले केही गरिनँ किन रविलाई यस्तो गर्न हुँदैन भनेर म सोच्थेँ। कहिले काहीँ दिन दुःखीका लागि गथ्र्यो। तर बालुवा तस्कर, ठूल्ठूला व्यापारी, उद्योगपतिहरुसँग, सिमेन्ट उद्योगीहरुसँग करोडौं असुलेका छन् रविले। त्यो पैसाले तिमीलाई एक दिन पोल्छ–पोल्छ। हेरिराख!

अष्टमी गुरुङको हत्या हुँदा अर्थात अष्टमी गुरुङको मृत्यु हुँदा तिमी दुबई पुगेका थियौ। सुपरभाइजरले रेप गरेर मर्न बाध्य पार्‍यो भनेर गएका थियौ। तर मलाई मर्न बाध्य पार्ने तिमी हौ रवि। तिमिलाई नेपालको कानूनअनुसार कारबाही हुन्छ। मेरो हत्यारा तिमी हौ। मेरो हत्यारा तिमी हौ रवि। मलाई यो अवस्थामा पुर्‍याउने नर्स युवती, रवि र युवराज कँडेल तिमी हौ। यसमा दीपक दाइको दोष छैन। नेपालमा कानुन बन्यो भने सजाय पानेछौ। त्यतिबेला मेरो आत्माले शान्ति पाउनेछ। म निर्दोष मान्छेलाई मर्न बाध्य पार्‍यौ। मलाई जुन फँसाउने यी ३ अपराधी हुन्।

बुध, साउन २९, २०७६ मा प्रकाशित सुनौलो नेपाल अनलाइनद्वारा संचालित सुनौलो नेपाल टी. भीसंग प्रत्यक्ष जोडिन यहाँ क्लिक गर्नुहोस